शुक्रबार, जेठ ४, २०८१

टेस्लाको पाई फ्लाइङ क्यामेरा फोन

नेपालखोज २०७९ पुष १३ गते १५:५३

काठमाडाैं । टेस्लाको पाई फ्लाइङ ड्रोन क्यामेरा फोन नवीनतम स्मार्टफोन हो । Pi ( पाई ) फ्लाइङ ड्रोन क्यामेरा फोन एउटा यस्तो स्मार्टफोन हो जसले प्रयोगकर्ताहरूलाई चकित तुल्याउने छ । टेस्ला पाइ फ्लाइङ ड्रोन क्यामेरा फोनमा ७.१ इन्चको वान बी कलर डिस्प्ले , सुपर अमोलेड क्यापेसिटिभ टचस्क्रिन तथा सुरक्षाका लागि टेस्ला कोर्निङ गोरिल्ला ग्लास भिक्टस सेभेन प्रयोग गरिएको छ ।

टेस्ला पाई फ्लाइङ ड्रोन क्यामेरा फोन अब सबैका लागी प्रेरणा हुनेछ जुन रिलीजका लागि तयार छ । यो स्मार्टफोन नवीनतम स्नापड्रेगन ८ जेन २ मोबाइल प्लेटफर्म सिपियु तथा एन्ड्रोइड १२ द्वारा संचालित हुनेछ जसलाइ स्वचालित रूपमा एन्ड्रोइड १३ मा अपग्रेड गर्न सकिन्छ । भण्डारणका हिसाबले टेस्ला पाइ फ्लाइङ ड्रोन क्यामेरा फोन १६ जीबी र्याम अनि २५६ जीबी तथा ५१२ जीबी इन्टरनल स्टोरेजका साथ आउनेछ । यो फोनमा क्षति पुगे पनि आफ्नो जानकारी सुरक्षित रहनेछ। यसमा एसडि कार्ड पनि थप्न सकिन्छ ।

पाइ फ्लाइङ ड्रोन क्यामेरा फोनमा डुअल न्यानो सिम प्रयोग गर्न सकिन्छ र यी दुबै सिमले जीएसएम/सीडीएमए/एचएसपीए/ईवीडीओ/एलटीई/फाइभजी प्रविधिलाई सपोर्ट गर्छन् । यो टेस्ला स्मार्टफोन चार-फ्लाइङ ड्रोन क्यामेरा सेटअपले सुसज्जित छ, जसमा २००-मेगापिक्सेल प्राइमरी, २४-मेगापिक्सेल सेकेन्डरी, १६ -मेगापिक्सेल अल्ट्रा-वाइड तथा ५-मेगापिक्सेल टीओएफ क्यामेरा समावेश छ । यो स्मार्टफोनमा ६४ मेगापिक्सेलको फ्रन्ट क्यामेरा छ भने जिस्स अप्टिक्स, एलईडी फ्ल्यास, प्यानोरमा तथा एचडीआर जस्ता नियमित क्यामेरा सुविधाहरू थपिएका छन्।

टेस्ला पाइ फ्लाइङ ड्रोन क्यामेरा फोन टेस्ला कम्पनीको सबैभन्दा शक्तिशाली स्मार्टफोन हुनेछ । यसमा ४५ वाटको द्रुत चार्जिङका साथ ६७०० एमएएचको ली-पोलिमर ब्याट्री प्रयोग भएको छ, जसले यसलाई एक वा दुई घण्टा मै पूर्ण रूपमा चार्ज गर्नेछ । गेमर तथा अनलाइन प्रयोगकर्ताहरूले यसको उन्नत सुविधाको आनन्द लिन सक्छन् । टेस्लाको फ्ल्यागशिप पाइ फ्लाइङ ड्रोन क्यामेरा फोनमा उन्नत सुरक्षा प्रविधि प्रयोग भएको छ । प्रयोगकर्ताहरूले फिंगरप्रिन्ट वा अनुहार पहिचान मार्फत यसलाई अनलक गर्न सक्छन् ।

यो एक्सेलेरोमिटर, ब्यारोमिटर, जाइरोस्कोप, कम्पास, प्रोक्सिमिटी सेन्सर जस्ता अतिरिक्त सेन्सिङ क्षमता भएको स्मार्टफोन हो । पाइ फ्लाइङ ड्रोन क्यामेरा फोन टेस्लाबाट उत्पादित अहिलेसम्मकै उत्कृष्ट यन्त्रहरू मध्ये एक हुने अपेक्षा गरिएको छ। यसको सबैभन्दा ठूलो बिशेषता फुल एचडी रिजोलुसन भएको ७.१ इन्चको अमोलेड डिस्प्ले हो। शक्तिशाली स्नापड्रेगन ८ जेन २ मोबाइल प्लेटफर्म तथा १६ जीबी र्याम भएको पाई फ्लाइङ ड्रोन क्यामेरा फोन बास्तबमा एउटा पावरहाउस हो।

प्रतिक्रिया