संसारका सबैभन्दा क्रूर पुलिस

काठमाडाैं । सुरक्षाका लागि हरेक देशमा प्रहरी त छ, तर आफ्नो देशको प्रहरीलाई जनताले विश्वास गरेको देश सायदै होला ।
सरकारले जनतालाई सहयोग गर्न हामी सँग प्रहरी छ र यो अपराधीहरुको शत्रु हो भन्ने विश्वास दिलाउन सडकमा नारा लगाए पनि जनताले प्रहरीमाथि पूर्ण विश्वास गर्न सकेका छैनन् किनभने अधिकांश देशका प्रहरीले जनतालाई सहयोग गर्नुको साटो कडाइका साथ व्यवहार गर्छन् अनि मानिसहरूमाथि आफ्नो क्रूरता देखाउँछ ।
आज हामी तपाईलाई विश्वका केही यस्ता देशका प्रहरीका बारेमा जानकारी दिदैछौँ जसलाई सबैभन्दा क्रुर , निर्दयी, भ्रष्ट र खतरनाक मानिन्छ । यी प्रहरी आफ्नो क्रूरताका लागि यति कुख्यात छन कि यीनको नाम सुन्दा आम मानिस डरले काम्न थाल्छन्।
अफगानिस्तान : अफगानिस्तानको प्रहरी तोडफोडको मामिलामा कसैभन्दा कम छैन । विगत १० वर्षदेखि अफगानिस्तानको पुलिस आफ्नो क्रूरताका लागि परिचित छ , किनभने यो देश आफैं धेरै वर्षदेखि अस्थिरताबाट ग्रस्त छ। यहाँ प्रहरीले शंकाकै आधारमा सर्वसाधारणको हत्या गर्छ ।
सोमालिया : सोमालियाको प्रहरी विश्वकै सबैभन्दा कुख्यात र भ्रष्ट प्रहरी बलमा गनिन्छ । सर्वसाधारणलाई यातना दिने र उत्पीडित गर्ने मामिलामा सोमालियाको प्रहरी विश्वकै पहिलो नम्बरमा छ । क्रूरताको मामिलामा पनि यहाँको प्रहरी शीर्ष स्थानमा छ ।
दक्षिण अफ्रिका: दक्षिण अफ्रिकाको पुलिस आफ्नो क्रूरताका लागि पनि चिनिन्छ। अफ्रिकामा सन् २०१५ मा प्रहरी हिरासतमा २४४ जनाको मृत्यु भएको थियो । जबकि यहाँ प्रहरीमाथि करिब १२४ वटा बलात्कारका मुद्दा छन् । तथ्यांकअनुसार प्रहरीको दमनका कारण यो तथ्यांक निरन्तर बढिरहेको छ ।
ब्राजील : ब्राजिलको पुलिसलाई पनि विश्वको सबैभन्दा क्रूर पुलिस बलमा गनिन्छ । यहाँ प्रहरीको क्रूरता अमेरिकाको पुलिस जत्तिकै छ। एमनेस्टी इन्टरनेसनलका अनुसार सन् २००८ देखि २०१३ सम्म ब्राजिल प्रहरीले करिब ११ हजार सर्वसाधारणको हत्या गरेको थियो । ब्राजिल प्रहरीले पहिले गोली हान्ने र पछि प्रश्न सोध्ने गरेको कहाबत प्रशिद्द छ । यसबाट यहाँको प्रहरी कति निर्दयी छ भन्ने अनुमान गर्न सकिन्छ ।
प्रतिक्रिया