सन्दीप लामिछानेले गरेको पुनरावेदनकाे मुद्दा हेर्न नभ्याइनेमा

नेपालखोज २०७९ पुष १४ गते १६:०३

काठमाडाैं । आफूलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेशविरुद्ध सन्दीप लामिछानेले गरेको पुनरावेदनकाे मुद्दा हेर्न नभ्याइनेमा परेकाे छ ।

पाटन उच्च अदालतका न्यायाधीश द्वय सुभाष पौडेल र किरणकुमार पोखरेलको इजलासमा परेको सन्दीपको मुद्दा पाँचौँ नम्बरमा रहेको थियो । तर सन्दीपको मुद्दा आज ‘हेर्न नभ्याइएको’ सूचीमा राखिएको छ।

लामिछानेमाथि नाबालिकालाई जबर्जस्ती करणी गरेको आरोप छ । १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा उनी पुर्पक्षका लागि जेलमा छन् ।

प्रतिक्रिया