बिहीबार, जेठ ३, २०८१

‘बन्दिपुरैमा’भाग २ ‘ढुंगेधारैको’ल्याएका प्रेमराजलाई सफलता मिल्ला त ?

नेपालखोज २०७९ पुष १६ गते ९:३१

काठमाण्डौं । ’बाँझो खेतमा’, ’सालैको पातैमा’, ’हिउँचुलीमा हिउँ’ जस्ता सर्वाधिक चर्चित गीतसँगै जोडिएर आउने नाम हो, प्रेमराजा महत । तनहूँमा जन्मेका उनी दुई दशकदेखि अमेरिका बस्दै आएका छन् । पछिल्लो समय नेपाल आउने जाने क्रम बाक्लो बनाएका महतले गीत संगीत रेकर्डको कामलाई पनि बाक्लो बनाएका छन् ।

३ बर्ष अघि ‘लाम माया छपक्कै’बाट कमब्याक भएका प्रेमराजाले एकपछि अर्को दोहोरी गीत सार्वजनिक गरेका छन् । एकबर्ष अघि ‘बन्दिपुरैमा’ल्याएका उनले त्यस गीतको सफलतापछि भाग २ ‘ढुंगेधारैमा’मा ल्याएका छन् ।

महत र शान्तिश्री परियारको स्वर रहेको ‘बन्दिपुरैमा’लाई यूटुवमा डेढ करोड बढिले हेरेका छन् । करोड क्लबको स्वाद चाखेका उनले भाग २ ल्याएका छन् । ‘बन्दिपुरैमा’को चाख नमेटिने गरि उही कलरमा भाकामा सामान्य तोडमोड गरेर ल्याइएको छ । यो गीतमा पनि महिला गायनमा शान्तिश्रीलाई नै दोहो¥याएका छन् ।

‘बन्दिपुरैमा’रन्जिता गुरुङसँग नाचेका महतले ‘ढुंगेधारैमा’मा रिना थापालाई लिएका छन् । दुवै गीतको भिडियो निर्देशन नारायण रायमाझीले गरेका हुन् । लोक शितलता पाइने प्रेमराजाको नयाँ गीतलाई स्रोता दर्शकले कसरी लिन्छन् ? त्यो केही महिना पर्खाइको विषय बन्नेछ ।

भिडियो हेरौँ ।

प्रतिक्रिया