बिहीबार, जेठ ३, २०८१

फ्लासब्याक– २०२२: दक्षिण भारतिय स्टारहरुको कमाइ

नेपालखोज २०७९ पुष १६ गते १४:१४

काठमाडाैं । पछिल्ला केही वर्षयता साउथ इन्डियन फिल्मले संसारभर मनग्य कमाइ गरिरहेका छन् । बलिउडका चलचित्र हेर्ने दर्शकहरु अहिले साउथका चलचित्रहरु मन पराउन थालेका छन् । क्षेत्रीय सिनेमाका यी चलचित्रलाई फ्यानहरूले उत्सुकतापूर्वक पर्खिरहेका हुन्छन् । यो वर्ष दक्षिण भारतका सफल चलचित्रको सूचीमा बाहुबली, केजीएफल, आरआरआर, २.०, पुष्पा, रोबोट, पोन्नियान सेल्वान, विक्रम, कार्तिकेय, कान्तारा जस्ता फिल्म समावेश छन्। साउथका यी फिल्म भारतमा मात्र नभई विश्वभर कमाइको मामिलामा शीर्ष स्थानमा रहे । यी फिल्मले साउथ सुपरस्टारलाई समेत विश्वभर चर्चित बनाएको छ।

रजनीकान्त, कमल हसन, चिरञ्जीवी, विक्रम, प्रभास, विजय, राम चरण, जुनियर एनटीआर, महेश बाबु, अल्लु अर्जुन लगायत धेरै कलाकारहरू छन् जो आज बलिउड लोकप्रियताको मामिलामा बलिउड स्टारहरू भन्दा धेरै अगाडि छन् । आज साउथका सिनेमामा बलिउड अभिनेताहरु भन्दा धेरै गुणा बढी पारिश्रमिक लिने कलाकारहरु छन् ।

रजनीकान्त विश्वका चर्चित अभिनेतामध्ये एक सुपरस्टार रजनीकान्त अनौठा छन् । ७१ वर्षको उमेरमा पनि उनले युवा कलाकारहरुलाई कडा चुनौती दिइरहेका छन् । तेलुगु ३६० का अनुसार रजनीकान्तले सन् २०२१ मा आएको फिल्म अन्नत्थेका लागि १०० करोड भारु लिएका थिए । जी न्यूजका अनुसार सुपरस्टार रजनीकान्तले आगामी एक्सन ड्रामा फिल्मका लागि १५० करोड भारु पारिश्रमिक लिएका छन् ।

कमल हसन भारतीय सिनेमाका उत्कृष्ट अभिनेतामध्ये एक हुन । बलिउड र टलिउडमा कमल हसनको नाम नै पर्याप्त छ। विगत ६ दशकदेखि भारतीय सिनेमामा आफ्नो अभिनय क्षमता देखाउँदै आएका कमल हसनले सन् २०२२ मा सुपरहिट फिल्म विक्रम मार्फत शानदार कमब्याक गरेका छन् । न्यूज १८ का अनुसार कमल हसनले आफ्नो आगामी फिल्म इन्डियन – २ का लागि १५० करोड भारु पारिश्रमिक लिएका छन् ।

साउथका चर्चित अभिनेता मध्येका एक विजयले पछिल्ला ५ वर्षमा लगातार ५ वटा सुपरहिट फिल्म दिएका छन् । जसमा मेर्सल, सरकार, बिगिल, मास्टर तथा बीस्ट समावेश छन् । टाइम्स अफ इन्डियाका अनुसार विजयले अहिलेसम्म आफ्ना प्रत्येक फिल्मका लागि १२० करोड भारु पारिश्रमिक लिइरहेका थिए । तर अब विजयले आफ्नो करियरको ६७ औं फिल्म थालापथी ६७ का लागि १३० करोड भारु लिएका छन् ।

तेलुगु सिनेमाका सुपरस्टार प्रभासका दुई फिल्म बक्स अफिसमा फ्लप भए पनि उनको लोकप्रियता कायमै छ । प्रभास चाँडै सालार , आदिपुरुष र प्रोजेक्ट के जस्ता मेगा बजेट फिल्ममा देखिनेछन् । सियासत डेलीका अनुसार प्रभासले ओम राउत निर्देशित फिल्म ‘आदिपुरुष’का लागि १२० करोड भारु पारिश्रमिक लिएका छन् जसको बजेट करिब ५०० करोड छ ।

तेलुगु फिल्म पुष्पाः द रुल बाट भारतीय सिनेमामा राज गरेका साउथका अर्का सुपरस्टार अल्लु अर्जुन अहिले निकै महँगा स्टार भएका छन् । पुष्पा पार्ट- १ को सफलतापछि अल्लु अर्जुनले यसको सिक्वेलका लागि आफ्नो पारिश्रमिक दोब्बर गरेका छन् । सियासत दैनिकका अनुसार अल्लु अर्जुनले पुष्पा पार्ट- २ का लागि १२० करोड भारु पारिश्रमिक लिएका छन् ।

एसएस राजामौलीको पिरियड एक्शन ड्रामा आरआरआरले साउथका स्टार राम चरणको करियरलाई नयाँ उचाइमा पुर्याएको छ। यो फिल्ममा स्वतन्त्रता सेनानी अल्लुरी सीताराम राजुको भूमिकाका लागि रामचरणले ४५ करोड भारु लिएका थिए । टाइम्स अफ इन्डियाका अनुसार राम चरणले अब आफ्नो अर्को फिल्म आरसी- १५ का लागि १०० करोड पारिश्रमिक लिएका छन् ।

जुनियर एनटीआर दक्षिण भारतिय सिनेमाका सबैभन्दा लोकप्रिय सुपरस्टारहरू मध्ये एक हुन । उनि सन् २०२२ को दोस्रो सबैभन्दा ठूलो हिट फिल्म आरआरआरमा देखिए । एसएस राजामौली जुनियर द्वारा निर्देशित यो सुपरहिट फिल्मका लागि एनटीआरले करिब ४५ करोड भारु पारिश्रमिक लिएका थिए । फिल्मको सफलतापछि उनले आफ्नो पारिश्रमिक पनि बढाएका छन् । सियासत दैनिकका अनुसार तेलुगु स्टार जुनियर एनटीआरले अब प्रति फिल्म ६० देखि ८० करोड भारु लिनेछन् ।

तमिल सिनेमाका मेगास्टार अजित कुमारलाई फ्यानहरूले सन् २०२२ मा एक्शन-थ्रिलर फिल्म वालिमाईमा देखे। यो फिल्ममा उनले एसीपी अर्जुन कुमारको भूमिकाबाट दर्शकहरुलाई चकित तुल्याएका थिए । टाइम्स अफ इन्डियाका अनुसार अजित कुमारले यो फिल्मका लागि ७० करोड भारु पारिश्रमिक लिएका छन् । ५१ वर्षीय अजित कुमार चाँडै नै फिल्म ‘थुनिवु’ मा देखिदैछन् ।

दक्षिण भारतिय सिनेमाका मेगास्टार चिरञ्जीवीले ६७ वर्षको उमेरमा पनि युवा कलाकारहरुलाई कडा प्रतिस्पर्धा दिइरहेका छन्। तेलुगु सिनेमाका चर्चित अभिनेता चिरञ्जीवी हालै पोलिटिकल थ्रिलर फिल्म गडफादर मा नयनतारा र सलमान खानसँगै देखिएका थिए । मिडिया रिपोर्टहरु अनुसार चिरञ्जीवीले यो फिल्ममा मुख्य भूमिका निर्वाह गर्न ४५ करोड पारिश्रमिक लिएका थिए ।

टलिउडका राजकुमार महेश बाबु पनि यो सुचिमा छन् जो चाँडै निर्देशक एस.एस. राजामौलीको फिल्ममा देखिनेछन् । महेश बाबु साउथका सबैभन्दा धनी स्टार मध्ये एक हुन्, उनको कुल सम्पत्ति २४४ करोड रुपैयाँ नजिक छ । इकोनोमिक टाइम्सका अनुसार महेश बाबुले प्रति फिल्म ३५ करोड भारु लिन्छन् ।

प्रतिक्रिया