शनिबार, असार २१, २०८२

जिम गर्दा ख्याल गर्नुपर्ने कुरा

नेपालखोज २०७९ पुष २० गते ९:२१
People running on a treadmill in health club.

शरीर आकर्षक बनाउन र मोटोपन घटाउन हिजोआज जिम गर्ने मानिसहरुको संख्या निकै बढेको छ । जिम सेन्टर जान समय नहुनेहरु पनि घरमै शारीरिक अभ्यास गर्छन् । घर वा जिम सेन्टर जहाँ भएपनि ब्यायाम सही तरिकाले गरिएन भने शरीरलाई थप हानी हुन सक्छ । तपाईं जिम गर्नुहुन्छ वा जिम गर्ने योजनामा हुनुहुन्छ भने त्यसका लागि यी कुरामा ख्याल गर्नुस्, जसले शरीरलाई फिट राख्न मद्दत गर्छ ।

१. जिम जानु १५ मिनेटअघि केहि खानु राम्रो हो ।

यद्यपी धेरै चाहि होइन । जस्तो कि चिया र बिस्कुट अथवा फल वा जुस । खाली पेट वेट ट्रेनिङ गर्दा अपेक्षा अनुरुपको नतिजा हासिल नहुन सक्छ ।

२. के अवधारणा छ भने, व्यायाम खाली पेट गर्नुपर्छ । यो नियम योग एवं प्राणयामका लागि हो । जिममा वर्कआउटका लागि पर्याप्त इनर्जी हुनु आवश्यक छ । खाली पेट जिम गर्दा एसिडिटी बढ्न सक्छ ।

३. वार्मअप एकदमै जरुरी छ । यद्यपि आवश्यकताभन्दा बढी वार्मअप गर्नु मूर्खता हो । वार्मअपका लागि कार्डियो एकदमै राम्रो विकल्प हो ।

४. जिम गर्दा शरिरको पोजिसन सहि हुनुपर्छ ।

५. कुनैपनि व्यायाम दुईदेखि तीन सेट गर्नुपर्छ । प्रति सेटमा आफ्नो सामर्थको हिसाबले तौल बढाउनुपर्छ ।

६. वर्कआउटमा सबै व्यायाम पहिले सहि तरिकाले सिक्नुपर्छ । सुरुवाती दिनमा ट्रेनरसँग बसेर मात्र वर्कआउट गर्नुपर्छ ।

७. वर्कआउटमा प्रति व्यायामको विचमा एक मिनेटको विश्राम लिनुपर्छ । त्यसले दोस्रो व्यायाम गर्दा मुटुको धड्कन सामान्य अवस्थामा रहन्छ ।

८. हप्तामा तीन दिन वेट ट्रेनिङ र तीन दिन कार्डियो गर्नु राम्रो हो । यसले बडी टोनिङ पनि हुन्छ र स्टामिना पनि बढ्छ ।

९. वेट ट्रेनिङलाइ वर्कआउट, लोअर वर्कआउट एवं शोल्डर वर्कआउटमा बाडन सकिन्छ । कार्डियो गर्ने दिन एब्स एक्सरसाइज पनि गर्नुपर्छ । चार्ट बनाएर व्यवस्थित ढंगले वर्कआउट गर्दा यसमा आफ्नो लगाव पनि बढछ भने नतिजा पनि राम्रो आउँछ ।

१०. सुरुमा थोरै वार्मअप र अन्त्यमा स्ट्रेचिङ आवश्य गरौं । यसले शरीर लचिलो हुन्छ । यद्यपि यी दुबैमा आवश्यकताभन्दा बढी समय खर्च गर्नुहुँदैन ।

११. वर्कआउटका क्रममा पानीको घुट्को लिन सकसकिन्छ । किनभने यतिबेला शरीरमा पानीको अभाव हुन दिनुहुँदैन । १२. कार्डियोले स्टेमिना बढ्छ तर, त्यसलाई पनि आवश्यकताभन्दा बढी गर्नु हुँदैन ।

१४. वर्कआउट गरेका बेला त्यसैमा ध्यान केन्द्रित गर्नुपर्छ । यसले एकाग्रता बढ्छ र दुर्घटना पनि हुँदैन ।

सावधानी : स्वास्थ्य सम्बन्धी यो सामग्री सामान्य जानकारीहरुमा आधारित छ । मानिसको शारिरिक अवस्था र समय अनुसार माथि उल्लेखित कुराहरुमा फरक पर्न सक्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्र भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्नु अघि अनिवार्य रुपमा स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

प्रतिक्रिया