अमेरिका–दिल्ली फ्लाइटमा ‘लज्जास्पद कार्य’

एजेन्सी । न्युयोर्कबाट दिल्ली आउँदै गरेको एयर इन्डियाको फ्लाइटमा मादक पदार्थ सेवन गरेका एक व्यक्तिले एक वृद्धामाथि पिसाब फेर्ने घृणित काम गरेका छन् । यो विषय एक महिनाभन्दा पुरानो भए पनि अहिले चर्चामा आएको छ ।
धेरैले यसलाई ‘चकित पार्ने र लाजमर्दो’ घटनाका रुपमा व्याख्या गरेका छन् । भारतको नागरिक उड्डयन महानिर्देशनालयले पनि यस विषयमा रिपोर्ट मागेको छ । ती वृद्धा विमानको बिजनेस क्लासमा थिइन् । घटनाको समयमा ती पुरुष यात्रु रक्सीले मातेका थिए ।
नागरिक उड्डयन महानिर्देशनालयले एयर इन्डियालाई यस विषयमा प्रतिवेदन बुझाउन भनेको छ । महानिर्देशनालयले आज बुधवार भनेको छ, “हामी एयरलाइनबाट रिपोर्ट माग्दैछौं र लापरवाहीका लागि सम्बन्धित व्यक्तिलाई कारबाही गरिनेछ ।“ समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै एयर इन्डियाका एक अधिकारीले भने, “एयर इन्डियाले यस विषयमा उजुरी दिएको छ ।“
उनले भने, “यो घटना नोभेम्बर २६ मा न्यूयोर्कको जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्ली आउँदै गर्दा भएको थियो ।“ एयर इन्डियाले एक आन्तरिक समिति गठन गरेको थियो जसले पुरुष यात्रुलाई ’नो फ्लाई लिस्ट’ मा राख्न सिफारिस गरेको थियो ।
प्रतिक्रिया