बिहीबार, जेठ २, २०८२

विश्वका ५ चिसा सहर

नेपालखोज २०७९ पुष २२ गते १४:३९

काठमाडाैं । अहिले नेपालमा चिसो उत्कर्समा छ ।अत्याधिक चिसो बढ्दै गएको र न्यूनतम तापक्रम १० डिग्रीभन्दा तल रहेको परिस्थितिमा मानिसहरु कडा चिसो बाट जोगिने उपाय खोजिरहेका छन् । यो तापक्रममा जनजीवन अभ्यस्त पनि हुन थालेको छ। यदि तपाईलाई यस पटक धेरै चिसो लागिरहेको छ भने तपाईले विश्वका ५ सर्वाधिक चिसा सहरका बारेमा पनि थाहा पाउनु पर्छ । संसारका यस्ता ५ सहर जहाँको तापक्रमले रगत जमाउन सक्छ तैपनि मानिसहरु त्यहाँ विषम परिस्थितिलाइ जितेर बस्छन् ।

येलोनाइफ, क्यानाडा : क्यानाडाका १०० सहरमध्ये येलोनाइफलाई सबैभन्दा चिसो सहर मानिन्छ। यहाँ औसत तापमान माइनस २७.९ डिग्री सेल्सियस छ। यहाँ न्यूनतम तापमान माइनस ५१ डिग्री सेल्सियस भन्दा तल पुगेको रेकर्ड छ।

अस्ताना, कजाकिस्तान : कजाकिस्तानको अस्ताना सहर आकर्षक भवनहरूका लागि सुपरिचित छ । यद्यपि यहाँको जाडो मौसम लामो र कठोर हुन्छ । जाडोमा यहाँको औसत तापक्रम माइनस १४ डिग्री सेल्सियस रहन्छ भने न्यूनतम तापक्रम माइनस ५१.५ डिग्री सेल्सियससम्म पुग्छ। यहाँ नोभेम्बर र अप्रिलको बीचमा सबैभन्दा बढि चिसो हुन्छ । यस्तो अप्ठ्यारो परिस्थितिमा पनि यहाँ मानिसहरू बस्छन् ।

ब्यारो, अमेरिका : ब्यारो सहर, जुन अहिले Utqiagvik को नामले चिनिन्छ, अलास्काको आर्कटिक सर्कल माथि अवस्थित छ । यहाँ १२० दिन मात्र गर्मी वा कम चिसो हुन्छ। यो सहर सधैं बादलले ढाकिएको हुन्छ र यहाँ करिब ९५ किलोमिटर प्रतिघण्टाको गतिमा हावा चल्छ । यहाँको औसत तापक्रम माइनस २५ डिग्री सेल्सियस र न्यूनतम तापक्रम माइनस ४९ डिग्री सेल्सियससम्म रेकर्ड गरिएको छ। यहाँ यति चिसो छ कि समुद्रको पानी पनि जम्छ।

उलानबातोर, मंगोलिया : उलानबाटारलाई विश्वको सबैभन्दा चिसो राष्ट्रिय राजधानी मानिन्छ । यहाँ गर्मीसँगै चिसो पनि अत्याधिक छ । यहाँ गर्मीमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस पुग्छ भने जाडोमा -४२ डिग्री सेल्सियसमा झर्छ। यहाँ जनवरीमा औसत तापमान माइनस २४ . ६ डिग्री सेल्सियस रहन्छ ।

उत्तरी मिनेसोटा, यूनाइटेड स्टेट्स :
उत्तरी मिनेसोटा सहर यसको रेकर्ड हिमपातका लागि पनि परिचित छ। यहाँ औसत ७१ दशमलव ६ इन्च वर्षा हुने भएकाले यसलाई ‘आइस बक्स अफ द नेसन’ पनि भनिन्छ । यहाँको तापक्रम माइनस ४८ डिग्री सेल्सियस सम्म झरेको छ।

प्रतिक्रिया