‘नराम्रो काम गर्दिनँ, गर्न दिन्नँ’
नेपालखोज
२०७९ पुष २३ गते १५:२०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एउटा पनि नराम्रो काम नगर्ने र गर्न नदिनेमा सचेत भएको दाबी गरे ।
शनिबार बिहान काठमाडौंको महेन्द्र माविमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सिंगो देशले हामीलाई आशाको नजरले हेरिरहेको स्मरण गर्दै कुनैपनि गलत काम नगर्ने प्रतिबद्धता व्यक्त गरे ।
प्रचण्डको यो तेस्रो कार्यकाल हो । उनले हरेक चुनौतीलाई अवसरका रूपमा लिने बताए ।
उनले संघीय शिक्षा ऐन जारी गर्ने विषयमा सरकार गम्भीर रहेको बताएका हुन् । नयाँ सरकारले संघीय शिक्षा ऐन जारी गर्ने विषय आफ्नो प्राथमिकतामा राखेको बताएका छन् ।
सम्बन्धित
प्रतिक्रिया