शुक्रबार, वैशाख १२, २०८२

घटयो अर्बपतिहरुको सम्पत्ति

नेपालखोज २०७९ पुष २४ गते ७:४४

एजेन्सी । विश्व अर्थतन्त्रमा भएको ठूलो उथलपुथलका कारण वर्ष २०२२ विश्वका शीर्ष धनीहरूका लागि सखद रहन सकेन । ब्लुमबर्गको रिपोर्ट अनुसार सन् २०२२ मा विश्वका ५०० धनी व्यक्तिको सम्पत्ति १.४ ट्रिलियन डलरले घटेको छ । यसरि सम्पत्ति डुबाउने अर्बपतिहरुको सूचीमा एलोन मस्कको नाम शीर्ष स्थानमा छ । मस्क संसारकै पहिलो व्यक्ति बनेका छन्, जसको सम्पत्तिमा करिब २०० अर्ब डलरको घटेको छ ।

टेस्ला र ट्वीटर जस्ता कम्पनीका मालिक एलोन मस्क यसअघि सन् २०२१ को जनवरीमा २०० अर्ब डलरभन्दा बढी सम्पत्ति कमाउने विश्वको दोस्रो व्यक्ति बनेका थिए । मस्क बाहेक अन्य धेरै ठूला अर्बपतिहरूले सन् २०२२ मा आफ्नो सम्पत्तिको ठूलो हिस्सा गुमाएका छन् । २०२२ मा विश्वका शीर्ष ५ अर्बपतिले आफ्नो सबैभन्दा धेरै सम्पत्ति गुमाए ।

सर्गेई ब्रिन : फोर्ब्स पत्रिकाका अनुसार गुगलका सह–संस्थापक तथा बोर्ड सदस्य सर्गेई ब्रिनले गत वर्ष करिब ४५ अर्ब डलर गुमाए । ब्रिनले सन् १९९८ मा ल्यारी पेजसँग गुगलको सह–स्थापना गरेका थिए । सर्गेई बिनको सम्पत्तिमा गिरावट आउने कारण गुगलको मूल कम्पनी अल्फाबेटले २०२२ को लक्ष्य पूरा गर्न नसक्नु हो ।

ल्यारी पेज : गुगलका अर्का सह–संस्थापक ल्यारी पेजले २०२२ मा ४६ अर्ब डलरको घाटा बेहोरेका छन् अर्थात सर्गेई ब्रिन भन्दा एक अर्ब डलर बढी । ल्यारी पेज २०१९ सम्म अल्फाबेटका सीईओ थिए, त्यसपछि उनले राजीनामा दिए । अहिले उनी कम्पनीको नियन्त्रक सेयरहोल्डर छन्। २०२२ मा अल्फाबेटको भिडियो स्ट्रिमिङ प्लेटफर्म युटयुबको विज्ञापन राजस्व पनि कम भएको छ ।

मार्क जुकरबर्ग : फोर्ब्स पत्रिकाका अनुसार फेसबुकका संस्थापक तथा सीईओ मार्क जुकरबर्गको सम्पत्ति सन् २०२२ मा करिब ७७ अर्ब डलरले घटेको छ । फेसबुकको मूल कम्पनी मेटाको सेयर २०२२ मा झन्डै ६५ प्रतिशतले घट्यो । यसकै परिणामस्वरूप ३८ वर्षीय जुकरबर्गको सम्पत्ति आधाभन्दा बढीले घट्यो ।

जेफ बेजोस : प्रसिद्ध अमेरिकी ई–कमर्स कम्पनी अमेजनका संस्थापक तथा कार्यकारी अध्यक्ष जेफ बेजोस अर्बपतिहरूको सूचीमा राज गर्ने अर्को नाम हो, जसको सम्पत्तिमा गत वर्षको आर्थिक उथलपुथलका कारण ठूलो गिरावट आएको छ । जेफ बेजोसले पछिल्ला १२ महिनामा ८५ बिलियन डलर गुमाएका छन् र उनको ई–कमर्स कम्पनीको शेयर ५० प्रतिशतले घटेको छ ।

एलन मस्क : एलन मस्कले सन् २०२२ मा कुल १२५ अर्ब डलरको नोक्सानी बेहोरे । सन् २०२२ को अन्त्यमा उनको सम्पत्ति १४७ अर्ब डलरमा झरेको थियो । यति ठुलो गिरावटका बाबजुद पनि उनी विश्वकै धनी व्यक्तिमा भने कायमै छन् ।

प्रतिक्रिया