राति मोजा लगाएर सुत्नुहुन्छ ?, यस्ताे छ बेफाइदा
जाडो मौसममा मानिसहरु चिसोबाट बच्न विभिन्न उपाय अपनाउँछन् । यसक्रममा राती मोजा लगाएर सुत्नेहरु धेरै छन् । यद्यपि यो स्वास्थ्यका लागि राम्रो भने होइन । यसका कारण कैयौं प्रकारका गम्भीर नोक्सानी बेहोर्नु पर्ने हुन सक्छ । यदि तपाईको पनि यस्तै बानी छ भने आजै छाड्नुस नत्र भबिस्यमा पछुताउनु पर्नेछ ।
आउनुहोस् जानौं राति मोजा लगाएर सुत्दा के-कस्ता बेफाइदा हुन्छन ?
रक्त प्रवाह बिग्रन सक्छ : सुत्दा मोजा लगाए शरीरमा रगतको प्रवाहमा बाधा पुग्न सक्छ । रक्त प्रवाहमा अवरोधले शरीरको कुनै पनि अंगलाई असर गर्न सक्छ । त्यसैले रक्तसञ्चारलाई ठीक राख्न राती सुत्नुअघि मोजा फुकाल्नुपर्छ ।
बेचैनी वा घबराहट : राति मोजा लगाएर सुत्दा शरीरको तापक्रम जुनसुकै बेला बढ्न सक्छ । तापक्रम बढ्दा अचानक बेचैनी, घबराहट र पसिना आउने समस्या हुन सक्छ। त्यसैले राती मोजा लगाउनबाट जोगिनुपर्छ । यदि बिहान उठेपछि बेचैन र नर्भस हुनुहुन्छ भने त्यो समस्या राती मोजा लगाएर सुतेका कारण उत्पन्न भएको हुन सक्छ ।
छाला संक्रमणको समस्या : सामान्यतया हाम्रो मोजामा धेरै ब्याक्टेरिया हुन सक्छन् । दिनभरी बाहिर बस्दा ति ब्याक्टेरियाले हाम्रो छालालाई हानी पुर्याउन सक्छन् । यो छाला संक्रमणदेखि सुरुभएर ठूलो समस्यामा बदलिन सक्छ ।
मुटुको स्वास्थ्यमा हानि : प्रायः मोजाहरू हाम्रो खुट्टामा टाइट हुन्छन् । जसका कारण खुट्टाको नसामा दबाब आउने र रगत पम्प गर्दा अवरोध हुन सक्छ । जसका कारण मुटुसँग सम्बन्धित धेरै रोग लाग्ने खतरा पनि रहन्छ ।
प्रतिक्रिया