डाक्टर भगवान्सँग मुक्तिनाथ विकास बैंकको सहकार्य

काठमाडौं । मुक्तिनाथ विकास बैंक लि.ले १६ औं वर्ष सफलतापुर्वक पुरा गरी १७ औं वर्षमा प्रवेश गरे सँगै दिगो विकासमा टेवा पुग्ने सामाजिक उत्तरदायित्व अभियानलाई निरन्तरता दिँदै प्रोफेसर एंवम डाक्टर भगवान कोईरालाको अध्यक्षतामा संचालित गैर नाफामुलक संस्था काठमाडौं इन्ष्ट्च्यिुट अफ चाईल्ड हेल्थसँग एक औपचारिक कार्यक्रमबिच सम्झौता गरेको छ ।
बैंकको तर्फबाट अध्यक्ष भरत राज ढकाल र संस्थाको तर्फबाट प्रोफेसर डा.भगवान कोईरालाले हस्ताक्षर गर्नुभएको उक्त सम्झौता बमोजिम झापा जिल्ला दमक स्थित निर्माणाधिन बाल अस्पताल निर्माणको लागि बैंकले पाँच लाख रुपैंयाँ सहयोग गर्ने छ ।
बैंकले गरेको उक्त सहयोगबाट बालबालिकाको स्वस्थ्य उपचारमा आवश्यक पर्ने पुर्वाधार बन्ने तथा उपचारमा सहजता हुने विश्वास लिएको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बताउनु भएको छ । साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न विकास बैंकको एटिएम प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटिएम मेशिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।
त्यसैगरी मोबाईल बैंकिङ, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिकरुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।

प्रतिक्रिया