प्रदेश १ : मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्कीले गरे दाबी पेश
नेपालखोज
२०७९ पुष २४ गते १६:४७

काठमाण्डौं । प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दाबी पेश गरेका छन् ।
संविधानको धारा १६८ को उपधारा २ बमोजिम ६० जना प्रदेशसभा सदस्यको समर्थनसहित प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष दाबी पेश गरेका हुन् । कार्कीलाई नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा र जसपाका ६० सांसदको उनलाई समर्थन छ ।
९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । नेकपा एमालेको ४०, नेकपा माओवादी केन्द्रको १३, राप्रपाको ६ र जसपाको १ गरी सत्तारुढ दलसँग ६० जना सांसद छन् । प्रतिपक्षमा रहेको नेपाली कांग्रेसको २९ र नेकपा एकीकृत समाजवादीको ४ सिट छ ।
प्रदेश प्रमुखले सरकार गठनका लागि आज बेलुका ५ बजेसम्मका लागि समय दिइएको थियो ।
सम्बन्धित
प्रतिक्रिया