शनिबार, असार १४, २०८२

माओवादी केन्द्र प्रदेश-१ सरकारमा सहभागी नहुने

नेपालखोज २०७९ पुष २५ गते १४:१९

काठमाडौं । नेकपा माओवादी केन्द्र प्रदेश-१ सरकारमा सहभागी नहुने भएको छ । संसदीय दलको बैठकले तत्काल प्रदेश-१ सरकारमा सहभागी नहुने निर्णय गरेको छ ।

माओवादी केन्द्र संसदीय दलको सोमबार बसेको बैठकले केन्द्रको निर्णय नसच्चिएसम्म सरकारमा नजाने निर्णय गरेको हो । माओवादी केन्द्रका सांसद गणेश उप्रेतीका अनुसार बैठकले आलोपालोको ग्यारेन्टी गरे मात्र सरकारमा जाने निर्णय भएको छ ।

प्रतिक्रिया