कांग्रेस नेता पौडेलद्वारा विमान दुर्घटनाका मृतकप्रति दुःख व्यक्त
नेपालखोज
२०७९ माघ १ गते २०:३२
काठमाण्डौं । पोखरामा आज बिहान भएको यती एयरलायन्सको जहाज दुर्घटनाप्रति नेपाली कांग्रेसका वरिष्ठ नेता एवं सांसद रामचन्द्र पौडेलले दुःख व्यक्त गरेका छन् ।
वरिष्ठ नेता पौडेलले शोकवक्तव्य जारी गरी दुर्घटनाको खबरले आफूलाई स्तब्ध बनाएको उल्लेख गरे । वरिष्ठ नेता पौडेलले घटनामा परी दिवङ्गत भएकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारप्रति समवेदना प्रकट गरे ।
आज बिहान १०ः३२ बजे काठमाडौँबाट पोखराका लागि ६८ यात्रु र चार चालक दलका सदस्यसहित उडेको एआरटी ७२ विमान पोखरा महानगरपालिका–१५ नयाँगाउँस्थित सेती नदीको खोँचमा दुर्घटनामा परेको थियो ।
सम्बन्धित
प्रतिक्रिया