सोमबार, असार २३, २०८२

यती एयरलाइन्सकाे आजको लागि निर्धारित सबै उडान रद्द

नेपालखोज २०७९ माघ २ गते ६:५८

काठमाडाैं । यति एयरलाइन्सले विमान दुर्घटनाको शोकमा आजको लागि निर्धारित सबै उडान रद्द गरेको छ । आपत्कालीन र उद्धार उडानबाहेक नियमित सबै उडान रद्द गरिएको कम्पनीले जनाएको छ । आइतबार साँझ सूचना जारी गर्दै एयरलाइन्सले आजका लागि तोकिएका सबै नियमित उडान रद्द गरिएको जनाएको हो ।

आइतबार बिहान १० बजेर ३२ मिनेटमा काठमाडौंबाट पोखराका लागि उडेको ९एनएएनसी विमान पोखरा विमानस्थलनजिक सेती नदीको खोँचमा खसेको थियो । उक्त विमानमा चालक दलका चार सदस्यसहित ७२ जना सवार थिए । त्यसमध्ये हालसम्म ६८ शव फेला परेको नेपाल नागरिक उड्ड्यन प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया