१९९० सालको महा-भूकम्पको सम्झना

८९ वर्ष अगाडि आजकै दिन देशले इतिहासकै ठूलो दुर्घटना झेलेको थियो । हिजो माघ १ गते पनि देशले अप्रत्याशित विमान दुर्घटनामा ७२ जनाले अनाहकमा जीवन गुमाए । त्यो पिडा र यो पिडामा खासै धेरै भिन्नता नहोला । आज पनि सिंगो नेपाल शोकमग्न छ । वि.सं. १९९० माघ २ गते दिउँसो २ बजेर २४ मिनेट २२ सेकेन्ड जाँदा काठमाडाैमा गएको भुकम्पको केन्द्र बिन्दु बिहारको सितामढी देखी नजिकै थियो ।
८५१९ जना मानिसको मृत्यु भएको सो भुकम्प नेपाली ईतिहासमा भयावह ठुलो घटना थियो । यस महाभूकम्पमा सबैभन्दा धेरै काठमाडौ उपत्यकामा मात्र ४२९६ जनाको मृत्यु भएको थियो । त्यस्तै पूर्वी पहाडमा ३९७४, पश्चिमा पहाडमा ६५ र पूर्वी मधेसमा १८४ जनाको मृत्यु भएको थियो । यसैगरि केही वर्ष अगाडी २०७२ को भूकम्पमा ८५५६ जनाको मृत्यु भएको थियो । त्यती बेला जुद्धशम्शेर पश्चिम नेपालमा शिकारमा गएका थिए भने राजा त्रीभुबन नागार्जुनमा थिए ।

धेरै जसो जनरल जुद्ध शम्शेरको साथ गएकोले कामु प्रधानमन्त्री रहेका रुद्रशम्शेरलाई सम्पुर्ण ब्यबस्था मिलाउन निकै कठिन भएको थियो । राजधानी उपत्यकामा ५५७३९ घरमा क्षति पुगेको थियो । टुडिखेल र भन्डारखालमा सरकारले पाल लगाइ दिए भने अन्य खाली जमीनमा बास र खरको छाप्रो बनाउन निशुल्क उपलब्ध गराइए । नेपालमा पहिलो पटक २५०००० थान कर्कटपाता पनि सरकारले मगाइ सस्तोमा जनतालाई उपलब्ध गराइयो ।

नेपालमा सिमेन्ट पनि पहिलो पटक १९९० काे भुकम्प पछी नै नेपाल भित्रीयो । पानी, बिजुली र रोप वे जस्तो महत्व पूर्ण सबैभन्दा पहिले खुल्यो । माघ ७ गते बल्ल टेलिफोन सुचारु भए पछी भारतमा नेपालको भुकम्पको जानकारी पुग्यो र त्यहाँ भएको घटनाको जानकारी बल्ल पाए ।

श्री ३ जुद्धले माघ ६ गते समाचार पाए पछी माघ ९ गते काली किनारमा मृतआत्माको शान्तीको लागी १००० गाइ दान गरी बिभिन्न कठिनाई पछी माघ २२ मा काठमाडौं पुगे । त्यस पछी भुकम्प पिडितोद्धारक सस्था खोली निर्ब्याजी रुपमा रकम उपलन्ध गराए । जुन पछी सबै लाई रिन माफी पनि गराए । भने कर्मचारी सबैलाई ४ महिनाको तलब पेश्की दिएका थिए ।





प्रतिक्रिया