बिहीबार, वैशाख १३, २०८१

‘नाटु नाटु’ लाई अर्को ठूलो अवार्ड

नेपालखोज २०७९ माघ २ गते ११:५४

काठमाडाैं । ‘नाटु नाटु’ गीतले गोल्डेन ग्लोब अवार्ड पछि, क्रिटिक्स च्वाइस अवार्ड- २०२३ मा सर्वश्रेष्ठ विदेशी भाषी फिल्मको अवार्ड जितेको छ । तेलुगु फिल्म ‘आरआरआर’ को यो गीतले यस अघि (गत साता ) गोल्डेन ग्लोब्समा उत्कृष्ट मौलिक गीतको अवार्ड पाएको थियो ।


क्रिटिक्स च्वाइस अवार्डको ट्विटर ह्यान्डलमा यो जानकारी दिइएको हो । जसमा लेखिएको छ- आरआरआर का कलाकार तथ सम्पूर्ण टिमलाई बधाई-यो फिल्मले सर्वश्रेष्ठ विदेशी भाषी फिल्मको लागि क्रिटिक्स च्वाइस अवार्ड जितेको छ । जुनियर एनटीआर, रामचरण र आलिया भट्ट अभिनीत फिल्मको “नाटु नाटु” गीतले सर्वश्रेष्ठ मौलिक गीतको लागि क्रिटिक्स च्वाइस अवार्ड पनि जित्यो।


आरआरआर फिल्मको ट्विटर ह्यान्डलबाट पनि फिल्मको ‘नाटु–नाटु’ गीतले अवार्ड पाएको जानकारी दिइएको छ । ट्वीटरमा लेखिएको छ, “फेरि एकपटक ‘नाटु-नाटु’ ले क्रिटिक्स च्वाइस अवार्ड २०२३ मा सर्वोत्कृष्ट गीतको अवार्ड पाएको जानकारी दिन पाउँदा निकै खुशी लागेको छ।”


‘क्रिटिक्स च्वॉाइस मूवी अवॉर्ड्स’ अमेरिकी-क्यानेडियन क्रिटिक्स च्वाइस एसोसिएसन (CCA) द्वारा आयोजित वार्षिक पुरस्कार हो, जुन वर्षको उत्कृष्ट प्रदर्शन, चलचित्र, संगीत र चलचित्रको संसारमा नयाँ उपलब्धिहरूलाई सम्मान गर्दै प्रदान गरिन्छ ।

यो पढ्नुहोस्

नाटु नाटु : गोल्डेन ग्लोब विजेता तथा ओस्कारमा मनोनित गीतको कथा

प्रतिक्रिया