सोमबार, वैशाख १५, २०८२

स्वर्गीय निराप्रति खत्रीले देखाए सहानुभूति, भिमापोखराको कार्यक्रममा सहभागी नहुने

नेपालखोज २०७९ माघ २ गते १५:२६

काठमाण्डौं । लोक गायिका निरा छन्त्यालको पोखरा विमान दुर्घटनामा निधन भएपछि गायक विष्णु खत्री निरासँगै सहभागी बन्ने भिमापोखराको कार्यक्रममा सहभागी नहुने भएका छन् ।

बाग्लुङको भिमापोखरामा प्रगतिशिल यूवा क्लबले आयोजना गरेको माघे संक्रान्ति मेलामा माघ ४ गते गायिका निरासँगै प्रस्तुति दिने मिति तय गरेका विष्णुले गायिका निधनपछि कार्यक्रममा आफू सहभागी नहुने जनाएका छन् ।

उनले भनेका छन्, ‘सांगीतिक क्षेत्रमा एउटा आशालाग्दी बाग्लुङकी चेली गुमाउनु पर्दा पिडा त छ नै तसर्थ निरा बैनी र म आउने भनिएको यस कार्यक्रममा म एक्लै पुगेर गीत गाउन असमर्थ छु । उक्त दिन उनकै सम्झनामा मैले माईक नसमाउने निधो गरेको छु अर्थात कार्यक्रम उपस्थित हुन नसक्ने जानकारी गराउन चाहन्छु ।’

भिमापोखराको कार्यक्रममा विष्णुले निरालाई सिफारिस गरेका थिए । ‘उनको स्टेज प्रोगाम अति नै आकर्षक थियो भने दर्शक श्रोतालाई मनोरञ्जन दिलाउने कला र शैली अनौठो थियो । उनको दु्र्घटना पछि यतिबेला म पनि मर्माहत छु ।’उनले भने ।

उनले भिमपोखराबासीसँग क्षमा माग्दै अन्य कुनै अवसरमा उपस्थित भएर मनोरञ्जन दिने बाचा समेत गरे । खत्रीलाई लोक क्षेत्रमा बौद्धिक कलाकारको रुपमा चिनिन्छ ।

प्रतिक्रिया