दक्षिण अफ्रिकाको विमान दुर्घटनामा प्रशिक्षार्थी नेपाली पाइलटको मृत्यु

काठमाडौं । नेपालको बाग्मती प्रदेश, काठमाडौं जिल्ला, गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ जोरपाटी स्थायी घर भई दक्षिण अफ्रिकाको ग्राण्ड सेन्ट्रल एअरपोर्ट, मिडरयाण्डस्थित Flight Training Services (FTS) प्रशिक्षण संस्थामा ब्यवसायिक पाइलट लाइसेन्स कोर्समा अध्ययनरत नेपाली विद्यार्थी प्रथम सुवेदीको निधन भएको छ । राहदानी नम्बर ११८४४९२१ का सुबेदि २०७९ साल माघ १ गते आइतबार बिहान उडान प्रशिक्षणका क्रममा रहदा जोहानेस्बर्गको एफएनबी रंगशालाको आसपासमा दुर्घटनामा परेका थिए ।
उक्त विमान दुर्घटनामा डच प्रशिक्षक Arian Assad को समेत मृत्यु भएको भएको छ । नेपाली दूतावासका कूटनीतिक कर्मचारीहरूसँग भएको भेट, छलफल एवं कुराकानीमा पाइलट प्रशिक्षण संस्था FTS, EMS Chaplaincy and Trauma Support Office, Johannesburg Hillbrow Mortuary And Forensic Services एवं अन्य दक्षिण अफ्रिकी निकायका अधिकारीहरूले नेपाली विद्यार्थी सुवेदी सहित प्रशिक्षकको विमान दुर्घटनामा मृत्यु भएको आधिकारिक जानकारी दिएका थिए भने निजहरूको पोष्टमार्टम रिपोर्ट केही दिनभित्र उपलब्ध हुने बताएका छन् ।
सुवेदिको शव नेपाल पठाउने एवं अन्य राहत, क्षतिपूर्ति लगायतका विषयमा पाइलट प्रशिक्षण प्रदायक संस्था Flight Training Services (FTS), पाइलट प्रशिक्षणका लागि दक्षिण अफ्रिका पठाउन सहजीकरण गर्ने नेपाली संस्था Kathmandu Alliance Education तथा मृतकका परिवारजनसँग दूतावासबाट आवश्यक छलफल, कुराकानी एवं समन्वय भैरहेको दक्षिण अफ्रिकाको प्रिटोरिया स्थित नेपाली दुताबासले जनाएको छ ।

प्रतिक्रिया