शुक्रबार, चैत १६, २०८०

साहित्यकार के.सी.काे ‘ओेजन’ सार्वजनिक

नेपालखोज २०७९ माघ ४ गते १०:४१

काठमाडाैं । साहित्यकार निशा के.सी. काे लघुकथा सङ्ग्रह ‘ओजन’ शनिबार लाेकार्पण भएकाे छ । काठमाडौंकाे सुकेधारा स्थित एक बैंक्वेटमा नेपाल स्रष्टा समाजद्वारा केसीको लघुकथा सङ्ग्रह ‘ओजन’ सार्वजनिक गरिएकाे हाे ।

मुक्तक लेखनमा सक्रिय सर्जक के.सी.काे ‘ओजन’ पहिलो लघुकथा कृति हाे । लघुकथा सार्वजनिक गरेर के.सी. आख्यान क्षेत्रमा अग्रशर भएकी हुन् ।

कार्यक्रममा प्रमुख अतिथि साहित्यकार तथा समालाेचक प्रा.डा. लक्ष्मण गौतमले के.सी.काे कथाकारिताबारे प्रकाश पारे । उनले निशा के.सी. राम्रो मुक्तककार भएकै कारण राम्रो लघुकथा सृजना गर्न सफल भएकाे बताए । गाैतमले भने, ‘आख्यानमा लोकप्रिय लघुकथा हो, शैलीगत सृजना रहेकाे ‘ओजन’ लघुकथा ८० प्रतिशत राम्रा कथा रहेकाेले कृति सङ्ग्रह र पठन याेग्य छ । अब निशाले कथा लेख्दा यो कृतिभन्दा कमजोर लेखिनु हुन्न । अब आफ्नो रचनाको प्रतिस्पर्धा आफ्नै सृजनासँग हुनेछ ‘

प्राज्ञ विवश पोखरेलले लोकार्पित पुस्तकबारे बोलेका थिए । प्रा.डा. ज्ञानु पाण्डेले निशा के.सी.को साहित्य प्रेम र साहित्य प्रतिको लगाव बारे प्रकाश पारे । लघुकथा समाजका अध्यक्ष गोपाल अश्कले लघुकथाकार के.सी.लाई लघुकथा शैलीमा छोटो शुभकामना र बधाई दिएका थिए । कथाकार मन्दिरा मधुश्रीले के.सी.ले कथाकाे क्षेत्रमा पनि लेखनलाई निरन्तरता दिने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया