पाेखरा विमान दुर्घटनामा हराइरहेका २ मध्ये १ जनाको शव भेटियो

नेपालखोज २०७९ माघ ४ गते १७:४५

काठमाडाैं । यही आइतबार बिहान पोखरामा भएको यति एयरलाइन्स कम्पनीको विमान दुर्घटनामा हराइरहेका २ जनामध्ये एकजनाको शव भेटिएको छ ।

नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोली हराइरहेका शवको खोजतलासका क्रममा एक जनाको शव फेला परेको हो ।

शव फेला परेको जानकारी नेपाल नागरिक उड्डयन प्राधिकरणले बुधबार एक विज्ञप्ति जारी गर्दै बुत्रबार फेला परेको शवलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याएर पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगन्जमा बुझाइएको जनाएको छ ।

प्राधिकरणको खोज तथा समन्वयको बुधबार जारी ११औं विज्ञप्तिमा जनाइएअनुसार दुर्घटनामा परी मृत्यु हुनेको संख्या ७१ पुगेको छ । विमानमा चालक दलका ४ सदस्यसहित ७२ जना सवार थिए । सवार सबै जनाको निधन भएको छ । हराइरहेका एक जनाको खोजी कार्य जारी रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

यतिको ९एन एएनसी विमान आइतबार बिहाट काठमाडौं पोखराका लागि उडेको थियो । पोखरा विमानस्थल नजिकै पुगेर सेती नदीको खोंचमा विमान खसेर आगलागी हुँदा विमान पूर्णरुपमा ध्वस्त भएको थियो । मृतकमध्ये १५ जना विदेशी नागरिक छन् । सबैभन्दा बढी भारतका ५ जना परेका छन् ।

प्रतिक्रिया