एमाले अध्यक्ष ओलीसँग चिनियाँ राजदूतको भेट
नेपालखोज
२०७९ माघ ४ गते २०:२८

काठमाण्डौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले आज शिष्टाचार भेट गरेका छन् ।
ओली निवास बालकोटमा उनीहरूबीच भएको भेटमा नेपाल र चीनको हित र चासोका विविध पक्षबारे छलफल भएको ओलीको सचिवालयले जानकारी दिएको छ ।
राजदूत सोङले केही दिनअघि ओहोदाको प्रमाणपत्र ग्रहण गरेसँगै आफ्नो भेटघाट बढाएका छन् ।
सम्बन्धित
प्रतिक्रिया