राष्ट्र बैंकले हटायो आयतमा नगद मार्जिन राख्नुपर्ने व्यवस्था

नेपालखोज २०७९ माघ ५ गते १८:५४

काठमाडौं । नेपाल राष्ट्र बैंकले आयातमा नगद मार्जिन राख्नु पर्ने व्यवस्था हटाएको छ । राष्ट्र बैंकले बिहिबार बाँणिज्य बैंक र राष्ट्रियस्तरका बिकास बैंकको नाउँमा परिपत्र जारी गर्दे आयातमा नगद मार्जिन सम्वन्धी व्यवस्था खारेजी गरेको हो ।

एकीकृत कारोबार २०७८ मा संशोधन गर्दे राष्ट्र बैकले भनेको छ, राष्ट्र बैंकबाट विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त निकायलाई जार गरिएको एकीकृत कारोबार परिपत्र २०७८ को मार्जिन लिई प्रतितपत्र मार्फत आयात गनुपर्ने व्यवस्था खारेज भएको छ ।

राष्ट्र बैंकले सोही बमोजिम गर्न गराउन बिदेशी बिनिमय नियमित गर्ने ऐन २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी बैंक तथा फाईनान्स कम्पनीहरुलाई निर्देशन दिएको छ ।

यसअघि राष्ट्र बैंकले गाडीलगायत केही वस्तुको आयातमा एलसी मार्जिन ५० प्रतिशत र बाँकीमा शतप्रतिशत मार्जिन तोकेको हो । सो अनुसार झण्डै तीन सय वटा बस्तुको आयातमा एलसी मार्जिन तोकिएको थियो । बिहिबार जारी भएको नयाँ व्यवस्था पछि भने परिपत्र मार्फत नगद मार्जिन लिई गर्नुपर्ने आयात सम्बन्धी व्यवस्था खारेज भएको छ ।

प्रतिक्रिया