शुक्रबार, जेठ ४, २०८१

भाजपा सांसद सिंहले भने, ‘म कसैको दयाले कुस्ती महासंघको अध्यक्ष बनेको होइन’

नेपालखोज २०७९ माघ ६ गते १३:३८

काठमाडौं । विवादमा फसेका भारतीय कुस्ती महासंघका अध्यक्ष तथा भाजपा सांसद बृजभूषण शरण सिंहले राजीनामा दिने प्रश्नमा आफू कसैको दयाका आधारमा यो पदमा नपरेको बताएका छन् ।

बृजभूषण शरण सिंहले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै यस विषयमा साँझ ५ बजे विस्तृत कुरा गर्ने बताएका छन् ।

विगत केही दिनदेखि दिल्लीको जन्तर मन्तरमा विरोध प्रदर्शन गरिरहेका देशका धेरै पदक विजेता कुस्ती खेलाडीले बृजभूषण शरण सिंह र केही प्रशिक्षकमाथि गम्भीर आरोप लगाएका छन् । जसमा यौन उत्पीडनको आरोप पनि पर्छन् । -बीबीसी हिन्दी

प्रतिक्रिया