उपसभामुखमा रास्वपाकी इन्दिराले गराइन् मनोनयन दर्ता
नेपालखोज
२०७९ माघ ६ गते १३:३४

काठमाडौं । सत्ता गठबन्धनका तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की इन्दिरा राना मगरलले उपसभामुख पदका लागि मनोनयन दर्ता गराएकी छिन् ।
बिहान बसेको रास्वपाको संसदीय दलको बैठकले रानालाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
सोही अनुसार उनले सत्ता गठबन्धन दलको समर्थनमा उनले उम्मेदवारी दर्ता गराएकी हुन् ।
उनको प्रस्तावकमा रास्वपाकी सोविता गौतम छिन् भने नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ, नेकपा माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङ्देनले समर्थन गरेका छन् ।
सम्बन्धित
प्रतिक्रिया