शनिबार, असार २१, २०८२

देउवा सरकारले छिमेक सम्बन्धलाई तनावग्रस्त बनायो : ओली

नेपालखोज २०७९ माघ ६ गते १४:५३

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अघिल्लो सरकारले छिमेक सम्बन्धलाई कृत्रिम रुपले तनावग्रस्त बनाएको आरोप लगाएका छन् । उनले कांग्रेस सभापति शेर बहादुर देउवा नेतृत्व सरकारले छिमकीसँगको सम्बन्धलाई अनावश्यक ढंगले तरंगित र असन्तुलित बनाएको बताए ।

एमालेको परराष्ट्र मामिला विभागले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा पूर्व प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले यस्तो बताएका हुन् । नयाँ सरकारले आन्तरिक अवस्था र नीति अनुकूल बाह्य सम्बन्ध अगाडि बढाउने दाबी गरे ।

ओलीले छिमेकी मुलुकहरुसँग कुनै कार्ड नखेल्ने बताएका छन् । नेपालको भूमि कसैका विरुद्ध प्रयोग हुन नदिने र उनीहरुको जायज चासो–चिन्तालाई सम्बोधन गरेर अगाडि जाने उनको भनाइ थियो ।

प्रतिक्रिया