नेपालखोज दिनभरी : खबर सारांश
नेपालखोज
२०७९ माघ ६ गते २२:५९
लक्ष्मी महतो कोइरीलाई कानुन बमोजिम पक्राउ गरी कारवाही गर्न प्रहरीलाई गृहको निर्देशन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र स्वास्थ्यमन्त्री पदम गिरीले गरे अङ्गदान गर्ने घोषणा ।
शपथ लिएलगत्तै सभामुख देवराज घिमिरेले गरे पदभार ग्रहण ।
प्रतिनिधि सभाको उपसभामुखमा इन्दिरा राना मगर र मुक्ताकुमारी यादव बिच प्रतिस्प्रर्धा हुने ।
जनमत पार्टीलाई थप एक मन्त्रालय दिने प्रधानमन्त्रीको तयारी ।
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले पनए प्रदेशसभामा विश्वासको मत ।
प्रदेश २ मा ४ वटा मन्त्रालय खारेज गरेर ९ वटा कायम, सत्ता गठबन्धनमा मन्त्रालय भागबण्डा ।
नेकपा बहुमतले भन्यो, भृकुटी कागज कारखाना सञ्चालनको जिम्मा देउ ।
मुक्ताकुमारी यादवलाई मतदान गर्न सांसदलाई कांग्रेसको ह्विप ।
सोलुखुम्बुका एक सय १० सामुदायिक विद्यालय बन्द ।
सम्बन्धित

प्रतिक्रिया