राष्ट्र बैंकद्वारा पुनः १० अर्ब ६० करोड रुपैयाँको ट्रेजरी आव्हान

काठमाडाैँ । माघ ६ नेपाल राष्ट्र बैंकले पुनः १० अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल बिक्रीको आव्हान गरेको छ । राष्ट्र बैंकका अनुसार यही माघ नौं गते सोमबार अपरान्ह दुई बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।
जारी मिति भने माघ १० गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन । बिक्री गरिने कुुल ट्रेजरी मध्येमा ९१ दिने अवधिको सात अर्ब र तीन सय ६४ दिने अवधिको तीन अर्ब ६० करोड रुपैंयाँ बराबरको रहेको छ ।
राष्ट्र बैंकका अनुसार यि ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमशः २०८० बैशाख १२ गते र २०८० माघ ९ गते तोकिएका छन् । यि टे«जरीहरुमा तीन अर्ब ६० करोड रुपैंयाँको ट्रेजरी पुरानो नविकरण अन्र्तगत रहेको छ भने सात अर्ब रुपैंयाँ बराबरकोट्रेजरी बिल नयाँ रहेको छ । यसअघि यही माघ दुुई गते पनि राष्ट्र बैकले पाँच अर्ब २० कारेड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।









प्रतिक्रिया