कांग्रेसकाे पदाधिकारी बैठक बस्दै
नेपालखोज
२०७९ माघ ९ गते ८:४५

काठमाडौं । नेपाली कांग्रेसकाे पदाधिकारी बैठक बस्दै छ । बैठक बिहान साढे ९ बजे सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बस्ने जनाइएकाे छ । आजको पदाधिकारी बैठकमा पछिल्लो राष्ट्रिय राजनीतिका बारेमा छलफल र समीक्षा हुने जनाइएकाे छ ।
बैठकमा केन्द्रीय समिति बैठकको तयारी, एजेण्डा लगायतका विषयमा पनि छलफल हुने छ । कांग्रेसले केन्द्रीय समिति बैठक माघ १५ गते बोलाएको छ ।
सम्बन्धित
प्रतिक्रिया