गण्डकीमा कुन मन्त्रालय कस्ले पाए ?
नेपालखोज
२०७९ माघ १० गते १७:५७

पोखरा । गण्डकी प्रदेश सरकारका मन्त्रीहरुको भागबण्डा टुंगिएको छ ।
मुख्यमन्त्री खगराज अधिकारीका अनुसार एमालेका रोशन गाहा मगरलाई आर्थिक मामिला मन्त्रालय दिएका छन् भने एमालेकै सीता सुन्दासले आन्तरिक मामिला तथा कानुन मन्त्रालय पाएका छन् ।
नेकपा माओवादी केन्द्रका हरिबहादुर चुमानलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, माओवादीकै रेशम जुग्जालीलाई उद्योग, पर्यटन, वन तथा वतावरण, राप्रपाका पञ्चराम तमुलाई सामाजिक विकास तथा स्वास्थ्य र एमालेका वेदबहादुर गुरुङलाई कृषि तथा जलस्रोत मन्त्रालयको जिम्मा दिइएको हो ।
गण्डकी प्रदेशमा १२ मन्त्रालयलाई ७ मा झारिएको छ ।
सम्बन्धित
प्रतिक्रिया