बिहीबार, असार १२, २०८२

मन्त्रिपरिषद्को निर्णय : प्रेम आचार्यले उठाएका विषय छानबिन गरिने

नेपालखोज २०७९ माघ ११ गते १८:३६

काठमाडौं । सरकारले आत्मदाहबाट ज्यान गुमाएका इलामका प्रेमप्रसाद आचार्यले उठाएका विषयमा छानबिन गर्ने भएको छ । मन्त्रिपरिषद्को बैठकले छानबिनको जिम्मा गृहमन्त्रालयलाई दिएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले मंगलबार आत्मदाहको प्रयास गरी घाइते भएका र बुधबार उपचारको क्रममा मृत्यु भएका आचार्यको विषयमा छानबिन गर्न र यथाशीघ्र प्रतिवेदन तयार पार्न मन्त्रिपरिषद्ले गृह मन्त्रालयलाई जिम्मेवारी दिएको हो ।

मन्त्रिपरिषद्ले आचार्यले सामाजिक सञ्जाल फेसबुकमा उठाएका विषय तथा आत्मदाह प्रयासको कारणबारे पत्ता लगाउन गृह मन्त्रालयलाई जिम्मेवारी दिएको हो । आचार्यको परिवारलाई राहतलगायत विषयमा पनि निर्णय गर्ने जिम्मेवारी गृह मन्त्रालयलाई दिएको एक मन्त्रीले जानकारी दिए ।

प्रतिक्रिया