गण्डकी प्रदेश : माओवादी संसदीय दलको प्रमुख सचेतकमा सिम्खडा
नेपालखोज
२०७९ माघ ११ गते २२:०९

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गण्डकी प्रदेशसभा संसदीय दलको प्रमुख सचेतकमा सुशीला सिम्खडा चयन भएका छन् ।
सो दलको बैठकले गोरखाबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेशसभामा निर्वाचित सिम्खडालाई प्रमुख सचेतक चयन गरेको हो । सचेतक सिम्खडाले विसं २०४६ मा विद्यार्थी सङ्गठनमा आबद्ध भएर राजनीति सुरु गरेका थिउ । माओवादी जनयुद्धमा उनी लामो समय भूमिगत भएका थिए ।
उनी हाल पार्टीको केन्द्रीय सदस्यसमेत छन् । सिम्खडा गोरखाको भीमसेन थापा गाउँपालिका–४ स्थायी निवासी हुन् । ६० सदस्सीय गण्डकी प्रदेशसभामा माओवादीका ८ सांसद छन् । माओवादीले अब दलको उपनेता चयन गर्न बाँकी छ ।
सम्बन्धित
प्रतिक्रिया