अदालतको फैसलापछि रविले भने, ‘म जस्तो अनागरिकलाई के प्रश्न गर्नुहुन्छ’
नेपालखोज
२०७९ माघ १३ गते १९:०६

काठमाण्डौं । रवि लामिछानेले सर्बोच्च अदालतको फैसलालाई स्वागत गर्ने बताएका छन् ।
नागरिक विवादमा फैसला गर्दै पुरानो नागरिकतालाई बैद्यता नदिएपछि पत्रकारसँग प्रतिक्रिया दिदै लामिछानेले फैसला स्विकार गर्ने बताएका हुन् ।
पत्रकारको प्रश्नमा उनले भने, ‘म जस्तो अनागरिकलाई के प्रश्न सोध्नुहुन्छ ?’ अब के गर्नुहुन्छ भन्ने प्रश्नमा उनले भने, ‘केही सोचेको छैन् ।’
नागरिकताले बैद्यता नपाएपछि उनको सांसद र उपप्रधान तथा गृहमन्त्रीको पद र राष्ट्रिय स्वतन्त्र पार्टीको अध्यक्ष रहनबाट समेत बञ्चित बनेका छन् ।
सम्बन्धित
प्रतिक्रिया