क्यानको बोर्ड बैठक बस्दै, सन्दीपमाथिको निलम्बन फुकुवा र टी-ट्वान्टी मुख्य एजेन्डा
नेपालखोज
२०७९ माघ १७ गते ९:१२

काठमाडाैं । नेपाल क्रिकेट संघ क्यानको आजदेखि पोखरामा बोर्ड बैठक बस्दै छ । बैठककाे मुख्य एजेन्डामा पूर्व कप्तान सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा र भारतीय कम्पनीसँगको सम्झौताबारे छलफल हुने जनाइएकाे छ ।
बोर्ड बैठकमा १७ वटा एजेन्डामा छलफल हुनेछ । जसमध्ये मुख्य एजेन्डा नेपाल टी-ट्वान्टी लिग प्रतियोगिता सम्बन्धि रहेको छ । त्यस्तै पूर्व कप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवाको विषयमा छलफल हुनेछ ।
राष्ट्रिय महिला तथा पुरुष खेलाडीको करार सम्बन्धमा समेत छलफल हुनेछ । त्यस्तै राष्ट्रिय खेलकुद परिषद (राखेप)ले गठन गरेको कार्यदलको रिपोर्ट र राखेपको निर्देशनबारे छलफल हुनेछ ।
सम्बन्धित
प्रतिक्रिया