बुधबार, वैशाख २६, २०८१

लोकदोहोरी गीत प्रतिष्ठान गण्डकीको अध्यक्षमा राजन कार्की चुनिए

नेपालखोज २०७९ माघ १७ गते ११:१६

काठमाण्डौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश अध्यक्षमा राजन कार्की चुनिएका छन् । सोमबार सम्पन्न दोस्रो प्रदेश अधिबेशनबाट प्रतिस्प्रर्धी आयुष परियारलाई ५ मतान्तरले पराजित गर्दै कार्की ३ बर्षे कार्यकालको लागि अध्यक्षमा निर्वाचित बनेका हुन् ।

१६३ मतदाता रहेको गण्डकी प्रतिष्ठानमा कडा प्रतिष्प्रर्धाका बीच जित हात पारेका कार्कीले आफ्नो कार्यकालमा प्रतिष्ठानलाई थप गति दिने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रतिष्ठानको गण्डकी प्रदेश समितिको वरिष्ठ उपाध्यक्षमा माया गुरुङ, प्रथम उपाध्यक्षमा दिलु लामा, द्धितीय उपाध्यक्षमा प्रेमराज अधिकारी र महिला उपाध्यक्षमा मञ्जु विक निर्वाचित भएका छन् ।

अधिबेशनले सचिवमा रामजी पौडेल, महिला सचिवमा ज्योति लोहनी, सह–सचिवमा दिपक पौडेल, कोषाध्यक्षमा कृष्ण सुवेदी र सह–कोषाध्यक्षमा होम गुरुङलाई चयन गरेको छ । प्रतिष्ठानको सदस्यमा मधु चापाँगाई, सविना गुरुङ, सुनिता नेपाली, सपना परियार, ऋषि डुम्रे, अमित विश्वकर्मा, हरि सुनार, माधव चापाँगाई, विष्णु पराजुली अधिकारी, टस बहादुर गुरुङ, विष्णु कुमार वाग्ले चयन भएका छन् ।

त्यस्तै, विकास नेपाली, सरस्वती लामिछाने, ज्ञानेश्वर सुवेदी, प्रणश बराल, सनिदप परियार, विक्रम परियार, धिरन थापा, कृष्ण गैरे र टेक क्षेत्रीलाई पनि सदस्यमा चयन गरिएको छ ।

प्रतिक्रिया