जापानी राजदुतद्धारा नेत्रज्योति संघलाई स्वास्थ्य उपकरण हस्तान्तरण

काठमाडौं । जापानी नागरिकहरुका तर्फबाट नेपाल नेत्रज्योति संघ किर्तिपुर आँखा अस्पताल तथा अध्ययन केन्द्रलाई प्रदान गरिएको आँखा स्वास्थ्य सम्बन्धी उपकरणहरु हस्तानान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
नेपालका लागि जापानी राजदुत किकुता युताकाले आज बुधबार किर्तिपुर आँखा अस्पतालमा आयोजित एक कार्यक्रमा उक्त सामाग्रिहरु हस्तान्तरण गरेका हुन् । रेटिना रोगको उपचारसंग सम्बन्धीत करिब १ करोड ८५ लाख नेपाली रुपैयाँ बराबरका स्वास्थ्य सामाग्रिहरु जापान सरकारको कार्यक्रम अन्तरगत अनुदानमा प्रदान गरिएको हो ।
नेपाल नेत्रज्योति संघद्धारा बि.स २०७२ सालमा आँखा उपचार केन्द्रका रुपमा स्थापना भएको किर्तिपुर आँखा अस्पताललाई बि.स २०७४ सालमा आँखा अस्पतालका रुपमा स्तरोन्नति गरिएको थियो । स्थापनाकाल देखि नै अस्पतालले आम नागरिकहरुलाई सर्वसुलभ मूल्यमा गुणस्तरिय आँखा उपचार सेवा प्रदान गर्दै आईरहेको छ ।
यस अस्पतालको सेवालाई थप प्रभावकारी र गुणस्तरिय बनाउन आवश्यक स्वास्थ्य उपकरणहरु प्रदान गर्ने सम्बन्धी सम्झौता पत्रमा बि.स २०७७ साल कार्तिक १९ नेपाली स्थित जापानी राजदुतावास र नेपाल नेत्रज्योति संघका बिचमा हस्ताक्षर भएको थियो ।

प्रतिक्रिया