शुक्रबार, चैत १६, २०८०

मन्नतको बालकोनीमा किन जान्छन् शाहरुख ?

नेपालखोज २०७९ माघ १९ गते १०:१८

मुम्बई । अभिनेता शाहरुख खान चार वर्षपछि फिल्म ‘पठान’मार्फतको सफल कमब्याकलाई अझ सफल बनाइरहेका छन् । सिद्धार्थ आनन्द निर्देशित यो फिल्ममा शाहरुखसँगै दर्शकले जोन अब्राहम र दीपिका पादुकोणको कामको उत्तिकै तारिफ गरिरहेका छन् ।

शाहरुखको मन्नतस्थित बालकोनी उनका लागि सधैं प्रिय छ । यही स्थानबाट उनी फ्यानलाई प्रति अभिवादन गर्छन् । शाहरुख फ्यानलाई अभिवादन गर्न बालकोनी नै किन जान्छन् ? यो एउटा रहस्यकै विषय हो । फिल्म ‘पठान’को सफलतापछि आयोजित कार्यक्रममा शाहरुखले मन्नतको बालकोनी जाने कारण खुलाएका छन् ।

‘मेरो फिल्म हिट हुँदाको जस्तै फ्लप हुँदा पनि फ्यानहरूले मलाई त्यही किसिमको माया दिएका छन् । मेरो परिवारको अग्रजले मलाई एकपटक ‘जब तिमी दुःखी हुन्छौ, त्यो बेला तिमीलाई माया दिने मान्छेसामु जानु’ भनेर भन्नुभएको थियो । यदि कुनै काम हुन सकेन अथवा त्यो गलत भयो भने हामी सबैको जीवनमा गलत हुने चिजहरु हुनेछन् । त्यसमा राम्रा र नराम्रा दुवै दिन आउनेछन्’, शाहरुख भन्छन् ।

शाहरुख अगाडि भन्छन्, ‘मलाई भनिएको थियो, तिमीले काम गर्ने मानिसकोमा नजानु, तिमीलाई कसरी राम्रो गर्न सकिन्छ भनेर बताउने मानिसहरुमा नजानु । म धेरै भाग्यशाली छु कि मलाई लाखौं र अर्बौं मानिसहरुले माया दिएका छन् । त्यसकारण म जब दुःखी हुन्छु, त्यो बेला बालकोनी जान्छु । जब म खुशी हुन्छु, त्यो बेला बालकोनी जान्छु । भगवान यति दयालु हुनुभएको छ कि मलाई सधैं बालकोनीको टिकट दिनुभएको छ ।’ शाहरुखको फिल्म ‘फ्यान’मा पनि उनको बालकोनीको दृश्य देखाइएको थियो ।

प्रतिक्रिया