बुधबार, असार ११, २०८२

प्रधानमन्त्री र श्रममन्त्रीलाई भेट्दै मलेसियाका गृहमन्त्री सैफुद्दिन

नेपालखोज २०७९ माघ २० गते १०:३३

काठमाडाैं । मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइलले आज उच्चस्तरीय भेटवार्ता गर्दै छन् । नेपालको तीनदिने भ्रमणका लागि उनी बिहीबार साँझ काठमाडौं आइपुगेका थिए ।

आज उनले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम छ । गृहमन्त्री सैफुद्दिनले आफ्नो एकमात्रै एजेण्डा श्रमिकको बारेमा छलफल गर्न नेपाल आएको बताएका थिए ।

प्रतिक्रिया