निफको जुरीमा प्रियङ्का र इन्द्रलाल मनोनित
नेपालखोज
२०७९ माघ २० गते १२:२९

काठमाण्डौं । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को जुरी कमिटीमा अभिनेत्री प्रियङ्का कार्की र माया एकेडेमीका इन्द्रलाल बलामी मनोनित भएका छन् ।
अभिनेत्री कार्की फिचरतर्फको जुरी सदस्यमा र बलामी छोटा तथा वृत्तचित्र जुरी कमिटीमा मनोनित गरिएको निफका अध्यक्ष केपी पाठकले जानकारी दिए । अभिनेत्री कार्कीले दर्जनौँ फिल्ममा अभिनय गरेकी छिन् भने बलामी माया एनिमेसन एकेडेमीका संस्थापक हुन् ।
आगामी चैत २ देखि ६ सम्म काठमाडौँमा आयोजना हुने निफमा पाँच जना जुरीमध्ये तीन जना विदेशी चलचित्र निर्माता हुनेछन् ।
यस वर्ष छनोट भएर दोस्रो चरणमा पुगेका ३५ देशका ९५ वटा लामा, छोटा, वृत्तचित्र तथा एनिमेटेड फिल्ममध्येबाट ७ विधामा १४ वटा पुरस्कार वितरण गरिनेछ । एक दर्जन बढी रचनात्मक कार्यक्रम समेत आयोजना गरिने छ ।
सम्बन्धित
प्रतिक्रिया