क्यान अध्यक्ष चन्दलाई विश्वप्रकाशको प्रश्न: ‘खेलको नियम पालना गर्नेले न्यायको नियम पालना गर्नु पर्दैन ?’

नेपालखोज २०७९ माघ २० गते १४:४३

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले बलात्कार आरोपी सन्दीप लामिछानेलाई बन्द प्रशिक्षणमा राखेपछि राजनीतिक तहबाटै क्यान नेतृत्वको विरोध भएको छ ।

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आपत्ति जनाएका छन् । लामिछानेलाई राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणमा समावेश गराएपछि तीव्र आलोचना भइरहेका बेला महामन्त्री शर्माले मौनता नसाँध्न लेखकुद मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को ध्यानाकर्षण गराएका छन् ।

‘क्यान अध्यक्षलाई फोनमा सोधेँ-खेलको नियम पालना गर्ने संस्थाले न्यायको नियम पालना गर्नु पर्दैनरु,’ शर्माले ट्विटरमा भनेका छन्, ‘खेलकुदमन्त्री प्रधानमन्त्री नै हुनुहुन्छ। ध्यानाकर्षण गराउँछु-कि सही भएको छ, बधाई दिनोस्, कि यो प्रकरणमा पनि अदालत कुरौँ, हतारको गल्ती सच्याऊँ भन्नुस् । मौनता जिम्मेवार जवाफ हुन्न।’

चन्दले सन्दीपलाई टिममा नराख्ने हो भने लिग टू अन्तरगत स्कटल्याण्ड र नामिबियासँग आसन्न त्रिकोणात्मक शृखलाको नजिता नेपालको अनुकुल नआउन सक्ने तर्क गर्दै आएका छन् ।

सन्दीपलाई राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा राखेपछि फेसबुक, ट्विटरलगायत सामाजिक सञ्जालमा मानिसहरूले क्यानलाइ ह्यासट्याग अभियान चलाएरै तीव्र आक्रोश पोखिरहेका छन् ।

प्रतिक्रिया