बुधबार, असार ११, २०८२

‘चुनावमा लोकप्रियतावादी शक्तिले आशा जगाए र अहिले त्यही मतकाे दुरुपयोग गरे’

नेपालखोज २०७९ माघ २१ गते १३:२१

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले चुनावमा लोकप्रियतावादी शक्तिले आशा जगाएर मत लिएपनि अहिले त्यसकाे दुरुपयोग गरेकाे आराेप लगाएका छन् ।

शनिबारदेखि बसेको केन्द्रीय कमिटीको पाँचौँ पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले चुनावमा लोकप्रियतावादी शक्तिले आशा जगाएर मत लिएपनि अहिले त्यसको व्यापक दुरुपयोग गरिरहेको बताए । उनले मुलुकमा कहिलेसम्म यस्तै राजनीतिक तलरता रहिरहने हो भनेर कुनै निश्चितता नरहेको बताए ।

त्यस्तै उनले सत्तारुढ गठबन्धनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई राष्ट्रपति निर्वाचनसम्म पनि थेग्न सक्ने अवस्था नरहेको जिकिर गरे। 

प्रतिक्रिया