बिहीबार, चैत १५, २०८०

भारतमा श्री अन्न , नेपालमा कुअन्न ?

डा . अरुणा उप्रेती २०७९ माघ २२ गते ६:५६

श्री अन्न भनेर भारतमा, कागुनो, चिनो, फापर चिनो, कोदो, आदी ई ठुलो महत्व दिएर यो साल बजेटमा राखिएको छ । नेपालले कहिले सिक्ने होला ? कालिकोट र जुम्लामा बस्दा चिनो खान पाइन्छ भन्ने प्रश्नमा धेरै सरकारी कर्मचारी, व्यापारी आदिले भने, कहाँ आजकाल चिनो पाइन्छ र ? चिनो, कोदो, फापर त लगाउनै छोडे नि । अब त यहाँका मानिसहरूले पनि सेतो चामल खान पाएका छन् ।

किन चिनो लगाउन दु:ख गर्नु नि ? मैले भनेंँ– चिनो त एकदम राम्रो पौष्टिक खाना हो । मेरो कुरा सुनेर जुम्लाका आदर्श किसान राम बुढा थापाले भनेका थिए– चिनो राम्रो भनेर कसलाई थाहा थियो र ? यसको बजार राम्रो पाए त म पनि रोप्थेँ नि । के गर्नु यहाँ स्थानीय अन्न नै सखाप पार्‍यो सरकारले ।” ‘सबैलाई खाने भनेको भात मात्रै हो भन्ने छ,’ , ‘नजिकको तीर्थ हेला भनेझैं हुम्लीहरूले अझैं कागुनोको महत्त्व बुझेका छैनन् जौ अति नै पोषणयुक्त अन्न हो । यसलाई टुसा उमारेर, पकाएर, उसिनेर, भुटेर खान सकिन्छ ।

चिसो मौसममा तातो तरकारी र दालको झोलमा जौको पिठो हालेर खानाले हाम्रो शरीरलाई सही पोषण दिन्छ । यसमा म्याग्नेसियम, फस्फरजस्ता सुक्ष्म पोषण तत्वका साथै रेशादार पदार्थ पर्याप्त मात्रामा पाइन्छ । जौले शरीरमा चिनीको मात्रालाई उचित ठाउँमा राख्न मद्दत गर्छ । जौले शरीरको आन्द्रा स्वस्थ राख्न ठूलो भूमिका निर्वाह गर्छ । यसमा रहेको रेशादार पदार्थले आन्द्रामा रहेको ‘असल किटाणु’को रक्षा गर्छ । साथै, आन्द्राको क्यान्सर हुनबाट पनि बचाउँछ । जौमा रहेको पानी र अघुलनशील रेशादार पदार्थले शरीरमा कोलेस्टेरोल (बोसो) घटाउन मद्दत गर्छ ।

फापरमा पाइने ‘रुटिन’ नामक तत्वले शरीरमा भिटामिन ‘सी’को कामलाई बढाउन मद्दत गर्छ अर्थात् रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । साथै, फापरमा रहेको तत्वले बुढ्यौलीको प्रक्रियालाई कम गराउने अनुसन्धानले देखाएको छ । जौमा जस्तै फापरमा पनि पर्याप्त मात्रा म्याग्नेसियम हुन्छ, जसले शरीरका रक्तनलीलाई प्रभाव पारेर उच्च रक्तचाप कम गराउँछ । गहुँ र फापरको आँटा मिसाएर बनाएको रोटीमा शरीरलाई चाहिने धेरै पौष्टिक तत्व प्रदान गर्छ । फापरमा रहेको प्रोटिन उच्चस्तरको प्रोटिन मानिन्छ । यसरी विभिन्न किसिमका पौष्टिक तत्वहरु पाइने फापरलाई हेपेर हामीले पोषणसम्बन्धी समस्याहरु आफैं निम्त्याइरहेका छौं ।

प्रतिक्रिया