बुधबार, वैशाख १२, २०८१

जर्मनीमा नेपाली कला, संस्कृति प्रवर्द्धन गरिने

नेपालखोज २०७९ माघ २२ गते १४:१५

काठमाडौं । नेपाली कला, संस्कृतिको उत्थान र प्रवद्र्धनका लागि जर्मनीको बर्लिनमा विशेष कार्यक्रम हुने भएको छ । नेशनल डेल्फिक काउन्सिल नेपाल र अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास)को सहकार्यमा हुने कार्यक्रममा प्रवासमा रहेर कला, संस्कृतिमा योगदान पुर्याउने विशिष्ट स्रष्टा, कलाकर्मी, साहित्यकार लगायतलाई समान दिइने डेल्फिक नेपाल अध्यक्ष श्रीदेव विएलले जानकारी दिए ।

‘नेपाली चलचित्रको छनोट गरी विश्वका विभिन्न राष्ट्रमा नियमितरुपमा प्रचारप्रसार र प्रदर्शन गर्न वैकल्पिक बजार खोज्ने, प्रवद्र्धनका लागि विभिन्न महोत्सव आयोजना गर्ने बारेसमेत छलफल गरेका छौँ’, अध्यक्ष विएलले भने । छलफलमा डेल्फिक नेपालका सचिव सूर्यबहादुर रास्कोटी, इनास ग्लोबलका उपाध्यक्ष मनिष श्रेष्ठ, इनास युकेका अध्यक्ष विनोद चिपालु, लेखक/निर्देशक सनमकुमार वैराग, विकास देवकोटा, कानुन व्यवसायी टम अधिकारी, सिम्मी पुनलगायत सहभागी थिए ।

प्रेम दिवसमा सौराहामा खाना महोत्सव हुने पर्यटकीय नगरी चितवनको सौराहामा प्रेम दिवसको अवसर पारेर ‘खाना महोत्सव’ हुने भएको छ । रेष्टुराँ एण्ड बार एशोसिएसन (रेवान) सौराहाले १७औँ खाना महोत्सव आयोजना गर्न लागेको हो । महोत्सव यही माघ २९ देखि आगामी फागुन २ गतेसम्म सौराहाको सडकमा नै सञ्चालन गरिने आयोजकले जनाएको छ । महोत्सवमा स्थानीय तथा विदेशी खानाका परिकारसँगै स्थानीय कला, संस्कृति, वेषभूषाको प्रदर्शनका साथै सौराहालाई पर्यटकीय गन्तव्यका रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा चिनाइने कार्यक्रम संयोजक ध्रुव गिरीले जानकारी दिए ।

सडक किनारमै खाने र सडकमा नै सांस्कृतिक कार्यक्रम अवलोकन गर्ने व्यवस्था मिलाइएको संयोजक गिरीले बताए । महोत्सवअन्तर्गत कार्यक्रमस्थल हात्तीचोकदेखि ड्याकसम्म सडकमै खाने र सडकमै रमाउने व्यवस्था मिलाइनेछ । यस्तै हरेक दिन बेलुका जनजातिको कला तथा संस्कृतिसहितको प्रदर्शनसमेत गरिनेछ । महोत्सव अवधिभर दैनिक पाँच हजार पर्यटकले अवलोकन गर्ने र सौराहामा रु तीन करोडको कारोबार हुने आयोजकको अनुमान छ ।

महोत्सवअन्तर्गत उज्यालो सौराहा, शैक्षिक विपन्न कोषमार्फत विपन्न र जेहेन्दार विद्यार्थीलाई शैक्षिक सहयोग उपलब्ध गराउने र वातावरण प्रदूषण न्यूनीकरणमा सहयोग पु¥याउने उद्देश्यले प्लाष्टिकजन्य पदार्थ न्यूनीकरणलाई प्राथमिकता दिइने आयोजकले जनाएको छ । रेष्टुरेन्ट एण्ड बार एशोसियसन नेपाल सौराहाको आयोजनामा हुने महोत्सवमा रेवान महिला समूह, क्षेत्रीय होटल सङ्घ चितवन, युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था र साना पर्यटन व्यवसायी संस्था सहआयोजकका रुपमा रहेका छन् । महोत्सवमा नेपाल पर्यटन बोर्ड, बागमती प्रदेशको उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालय र रत्ननगर नगरपालिकाले सहकार्य गरेका छन् ।

अयोध्या लगिएको देवशिला उत्खननस्थलमा उद्यान बनाइने भारतको अयोध्यामा निर्माणाधीन भगवान श्रीरामको मन्दिरमा राखिने मूर्ति बनाउन लगिएको देवशिला उत्खननस्थलमा उद्यान बनाइने भएको छ । धार्मिकस्थल गलेश्वर नजिकै पर्ने बेनी नगरपालिका–६ सेतीपहिरोस्थित कालीगण्डकी नदी किनारबाट दुई शिला अयोध्या र एक जनकपुर लगिएको थियो । गण्डकी प्रदेश सरकारले मधेस र मधेस प्रदेशले सङ्घीय सरकारमार्फत भारत सरकारलाई उपलब्ध गराएको शिला निकालिएको ठाउँमा उद्यान बनाउने तयारी गरेको नगरपालिकाले जनाएको छ ।

नगर उपप्रमुख ज्योति लामिछानेले देवशिला निकालिएको ठाउँको संरक्षण र प्रचारप्रसार गरी धार्मिक पर्यटन प्रवद्र्धन गर्न स्मारकसहितको उद्यान बनाउन लागिएको जानकारी दिए । ‘मुक्तिनाथ र मुस्ताङ जाने आउने पर्यटक तथा तीर्थयात्रीलाई लक्षित गरेर देवशिला उत्खननस्थलको संरक्षण र प्रवद्र्धन गर्ने योजना बनाएका छौँ’, उनले भने, ‘आर्थिक स्रोतको खोजी र पूर्वाधारको सम्भाव्यता अध्ययनमा जुटेका छौँ ।’ देवशिला उत्खनन भएको गलेश्वर क्षेत्रलाई हिन्दू तथा वौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथको प्रवेशद्वार मानिन्छ । देवशिला लगिएपछि भारतबाट आएका तीर्थयात्रीले स्नान र अवलोकन गर्न थालेका छन् ।

हिन्दूको प्रशिद्ध धार्मिकस्थल अयोध्यामा भगवान श्रीरामको बालरुपको मूर्ति निर्माण गर्न शालिग्राम शिला पाइने विश्वकै एकमात्र नदी कालीगण्डकीको शिला लगिएको छ । नेपाल सरकार मन्त्रिपरिषद् बैठकको निर्णयानुसार १८ र १६ मेट्रिकटन तौल भएका, सात फिट लम्बाइ, पाँच फिट चौडाइ तथा तीन दशमलव पाँच फिट मोटाइका दुई शिला उपहार दिइएको हो । नगर प्रमुख सुरत केसीले देवशिला लिन आएका रामलीला मन्दिर निर्माण समितिका सचिव राजेन्द्रसिंह पङ्कज लगायतले स्मारक र उद्यान निर्माणमा सघाउने प्रतिबद्धता जनाएको बताए ।

विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाएर आर्थिक स्रोत जुटाउन प्रस्ताव गरिने उनले बताए । स्मारक र उद्यानका साथै कालीगण्डकी नदीमा स्नान स्थल बनाउने योजना रहेको छ । कालीगण्डकी नदीका अध्येता कुलराज चालिसेले देवशिला उत्खननस्थल नजिकै फोहर फाल्ने ठाउँ स्थानान्तरण गर्नुपर्ने बताए । देवशिला अयोध्या लैजानका लागि समन्वय गरेका पूर्वउपप्रधानमन्त्रीसमेत रहेका प्रतिनिधिसभा सदस्य विमलेन्द्र निधिले यो क्षेत्रको धार्मिक पूर्वाधार निर्माणमा सघाउन रामलीला मन्दिर निर्माण समिति र भारत सरकारले प्रतिबद्धता जनाएको बताए ।

बङ्गुर फार्ममा ‘अफ्रिकन स्वाइन फिभर’ को सङ्क्रमण कञ्चनपुरका बङ्गुर फार्ममा ‘अफ्रिकन स्वाइन फिभर’ को सङ्क्रमण देखिएको छ । बेदकोट नगरपालिका–४ स्थित बङ्गुर फार्ममा सङ्क्रमण देखिएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका वरिष्ठ पशु चिकित्सक डा पानसिंह ठगुन्नाले जानकारी दिए । उनले एक महिनाअघिदेखि अफ्रिकन स्वाइन फिभरका कारण बङ्गुर र बँदेल मर्न थाले पनि ढिलागरी जानकारीमा आएको बताए ।

‘यहाँको बेदकोट नगरपालिकाका पाँच बङ्गुरमा परीक्षण गर्दा पाँचवटैमा सङ्क्रमण देखिएको हो’, उनले भने, ‘कृष्णपुरमा पनि सङ्क्रमण देखिएको छ, परीक्षणका लागि नमुना काठमाडौँ पठाएका छाैँ ।’ उनले कञ्चनपुरमा पहिलोपटक यो महामारी देखिएको बताए । ‘बङ्गुर, सुँगुर र बँदेलमा भाइरसबाट लाग्ने अफ्रिकन स्वाइन फिभर महामारी रोग हो, यसको उपचार हुँदैन’, डा ठगुन्नाले भने, ‘कञ्चनपुरमा कम छ कैलालीमा धेरै नोक्सानी भएको छ ।’ कञ्चनपुरमा बेदकोट नगरपालिका–४ को एक बङ्गुर फार्ममा पहिलो पटक सङ्क्रमण पुष्टि भएको थियो ।

‘एक किसानले मरेको बङ्गुरको पोष्टमार्टम गर्न ल्याए । हामीले शङ्का लागेर र्यापिट टेष्ट गर्यौ’, उनले भने, ‘यहाँ पोजेटिभ आएपछि पिसिआरका लागि काठमाडौँ पठायाैँ त्यहाँ पनि पोजेटिभ आयो ।’ कृष्णपुर नगरपालिकामा पनि बङ्गुरमा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमण देखिएको नगरपालिकाका पशु विकास अधिकृत गोपालसिंह बोहराले जानकारी दिए । उनले यहाँका केही फार्ममा बङ्गुर मरे पनि ठूलो क्षति नभएको बताए । ‘अहिले सङ्क्रमण देखिएका क्षेत्रमा भ्याक्सिन लगाइराखेका छौँ’, उनले भने, ‘थप परीक्षणका लागि धनगढीको ल्याबको टोलीले नमुना सङ्कलन गरिरहेको छ ।’ कञ्चनपुरका विभिन्न स्थानका बङ्गुर फार्ममा अफ्रिकन स्वाइन फिभरका कारण बङ्गुर मरे पनि सङ्क्रमण हुँदा किसानले पशु शाखा र भेटेरीनरी अस्पतालमा खबर नगरको पशु चिकित्सक बताउँछन् ।

अफ्रिकन स्वाइन फिभर लागेमा सुँगुर र बङ्गुर एकै ठाउँमा थुप्रिएर बस्ने, शरीरमा निलडाम देखिने, कानका टुप्पामा रगत जमेका धब्बा देखिने र नाकबाट फिँज आउनेजस्ता लक्षण देखापर्ने पशु चिकित्सक बताउँछन् ।

प्रतिक्रिया