शुक्रबार, जेठ ३, २०८२

राष्ट्रिय क्रिकेट टीमको प्रमुख प्रशिक्षकका मोन्टी देसाई नियुक्त

नेपालखोज २०७९ माघ २३ गते १३:२०

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टीमको प्रमुख प्रशिक्षकका भारतका मोन्टी देसाई नियुक्त भएका छन् । केही दिनदेखि नेपाली टीमलाई प्रशिक्षण दिन थालेका उनलाई नेपाल क्रिकेट संघ (क्यान) ले औपचारिक नियुक्ति दिएको हो ।

नेपालले आगामी महिना खेल्ने त्रिकोणात्मक सिरिजबाट देसाइले आफ्नो जिम्मेवारी थालनी गर्नेछन् । उनीसँग भारतीय राष्ट्रिय क्रिकेट टिममा रहेर खेलेको अनुभव छ । यसअघि उनले वेस्ट इन्डिजको राष्ट्रिय टिमलाई प्रशिक्षण गराएका थिए ।

प्रतिक्रिया