पेट्रोल र डिजेलको मूल्य बढ्यो
नेपालखोज
२०७९ माघ २३ गते २१:३०

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्यवृद्धि गरेको छ ।
निगमले भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको र निगमलाई घाटा रहेकाले पेट्रोल र डिजेलमा प्रतिलिटर ३/३ रुपैयाँका दरले मूल्य वृद्धि गरिएको निगमले जनाएकाे छ ।
यससँगै डिजेल र पेट्रोल प्रतिलिटर १७८ रुपैयाँ पुगेको छ । नयाँ मूल्य आजै राति १२ बजेदेखि लागू हुनेछ ।

सम्बन्धित
प्रतिक्रिया