‘नेपालमा विदेशीको इसारामा सरकार बन्छ र ढल्छ’
नेपालखोज
२०७९ माघ २५ गते १४:२३

काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द्र ‘विप्लव’ले विदेशीको इसारामा सरकार बन्ने र ढल्ने गरेको दाबी गरेका छन् ।
काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले नेपालको दलाल पूँजीवादी सत्ताकै कारण देशको अर्थतन्त्र संकटमा परेको दाबी गरे ।
उनले भने, ‘नेपाली युवाहरु स्वदेशमै बस्न सक्ने अवस्था छैन । त्यसको समाधान चुनाव र सत्ता हेरेफेरमात्रै होइन । यो व्यवस्था नै परिवर्तन गर्नुपर्छ ।’
उनले नेपाललाई वैज्ञानिक समाजवादतिर लैजान आवश्यक रहेको बताए । ‘हामी जनतामा देख्दैछौं । बहस सुरु भइसकेको छ । त्यसैले केही समय लाग्ला । तर, जनता यो व्यवस्था परिवर्तन गर्नतर्फ लाग्छन् नै ।’, विप्लबले भने ।
सम्बन्धित
प्रतिक्रिया