बिहीबार, जेठ २, २०८२

टर्की र सिरियाको भूकम्प : के छ ताजा अपडेट

नेपालखोज २०७९ माघ २६ गते ८:५९

* टर्कीको गाजियन्टेपमा सोमबार बिहान ७.८ म्याग्निच्युडको भूकम्प गएपछि त्यसको केही मिनेटपछि मध्य टर्कीमा ७.५ म्याग्निच्युडको अर्को भूकम्प गएको थियो ।

* टर्कीका भूकम्पपीडितका लागि जारी राहत कार्यप्रति बढ्दो आक्रोशमा राष्ट्रपति अर्दोआनले यति ठूलो प्रकोपको पूर्वतयारी गर्न असम्भव रहेको बताएका छन् ।

* भूकम्पपछि सिरियाबाट ठूलो संख्यामा मानिसहरु टर्की तर्फ बसाइँ सरेका छन् जसका कारण उनीहरुको समस्या अझ बढेको छ ।

* युरोपेली संघले सिरियाका लागि ३.५ मिलियन युरो सहयोगको घोषणा गरेको छ । सिरियाले सहयोगको औपचारिक अनुरोध गरेपछि युरोपेली संघले यो घोषणा गरेको हो ।

* युरोपेली संघले बसर अल-असदलाई सिरियाको राष्ट्रपतिका रूपमा मान्यता नदिए पनि उक्त रकम सरकार र विद्रोही दुवैको कब्जामा रहेका क्षेत्रमा जाने बताइएकोछ।

* मृत्यु र विनाशको निराशाजनक समाचारको बीचमा सिरियाको इदलिबबाट एक परिवारका छ जना सदस्यलाई जीवितै उद्धार गरिएको खबर छ।

* यो विपदमा परी ज्यान गुमाएकाहरुलाई सहयोग गर्न तथा विपदबाट प्रभावित लाखौं जनतालाई हरसम्भव तरिका र गतिमा सहयोग गर्न राहत तथा उद्धारकर्मीहरू सक्रिय छन् ।

* हिउँ र वर्षाको बीचमा यो जाडो मौसममा त्यहाँका कतिपय क्षेत्रमा रातको औसत तापक्रम माइनस ७ डिग्री सम्म झरेको छ। * टर्कीका एक आठ वर्षीय बालकलाई भग्नावशेषबाट जिउँदै निकालिएको छ ।

* सोमबार गएको यो भूकम्पका कारण टर्की र छिमेकी सिरियामा मृत्यु हुनेहरुको संख्या ११ हजार २०० नाघेको छ । सिरियामा मृत्यु हुनेहरुको यकिन तथ्यांक भने खुलाइएको छैन । सरकारी सञ्चारमाध्यम तथा उद्धार टोलीले त्यहाँ २ हजार ५ सयभन्दा बढी मानिसको मृत्यु भएको बताएका छन् ।

* विश्व स्वास्थ्य संगठनले टर्की र सिरियामा मृत्यु हुनेहरुको संख्या अझै बढ्न सक्ने बताएको छ ।

* यो प्रकोपमा हजारौं भवनमा क्षति पुगेको छ भने २ करोड ३० लाखभन्दा बढी मानिस प्रभावित भएका छन् ।

* अत्याधिक चिसोका बीच राहत र उद्धारकर्मीहरुले भग्नावशेषमा फसेका मानिसहरुको खोजी कार्य तीव्र रुपमा गरिरहेका छन् तर समय उनिहरुको हातबाट देखिदैन । भूकम्पपछि सडकमा बस्न बाध्य जनतासामु चिसो रात कटाउने चुनौती झेलिरहेका छन ।

* टर्कीका केही सहरमा भग्नावशेषमा फसेका मानिसहरूलाई उद्दार गर्न सर्वसाधारण नागरिकहरूले पनि उद्धारकर्ताहरूलाई सहयोग गरिरहेका छन्।

* टर्कीका राष्ट्रपति रेसेप तैयप अर्दोआनले भूकम्पबाट सबैभन्दा बढी प्रभावित १० वटा प्रान्तमा तीन महिनाको आपतकाल घोषणा गरेका छन् ।

* अमेरिका, इजरायल सहित दर्जनौं देशले टर्की र सिरियामा राहत सामग्री पठाइरहेका छन् भने विज्ञहरुको टोलीले उद्धार कार्यमा सहयोग गरिरहेको छ ।

प्रतिक्रिया