बुधबार, जेठ २, २०८१

माया खोला हाइड्रोपावरको आईपीओ बाँडफाँड : १० लाख ७९ हजारकाे हात खाली

नेपालखोज २०७९ माघ २६ गते ११:५३

काठमाडौं । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ आज माघ २६ गते बाँडफाँड गरिएको छ । धितोपत्र बिक्री प्रबन्धकमा प्रभु क्यापिटलको कार्यालयमा माया खोला हाइड्रोपावरको आईपीओ बाँडफाँड गरिएको हो । आईपीओ बाँडफाँड कार्यक्रम बिहान १० बजे राखिएको थियो । कम्पनीले गत माघ १३ गतेदेखि माघ १७ गतेसम्म सर्वसाधारणलाई आईपीओ बिक्री गरेको थियो ।

कम्पनीले जारी पुँजी १ अर्बको २४ प्रतिशतले हुन आउने २४ लाख कित्तामध्ये १० प्रतिशतले हुने २ लाख ४० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन गरिसकेको थियो । कुल निष्कासनमध्ये ५ प्रतिशतले हुन आउने १ लाख २० हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने ४८ हजार कित्ता कर्मचारीलाई छुट्याई बाँकी रहेको १९ लाख ९२ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो ।

सीडीएससी प्रणालीमा रितपूर्वक १२ लाख ८४ हजार २३० आवेदकबाट कुल १ करोड ४२ लाख ३ हजार ६९० कित्ता सेयरका लागि आवेदन परेको थियो । जसमा अन्तिम बाँडफाँडका लागि १२ लाख ७८ हजार ६८८ आवेदकबाट परेको १ करोड ४१ लाख १७ हजार ३९० कित्ता सेयर योग्य भएका छन् ।

मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको छ। जसअनुसार १ लाख ९९ हजार २०० आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् । जसअनुसार बाँडफाँडका लागि भएका आवेदकमध्ये १० लाख ७९ हजार ४८८ जनाको हात खाली भएको छ ।

प्रतिक्रिया