साफ यू–२० महिला च्याम्पियनसिप : नेपाललाई ३–० ले पराजित गर्दै बंगलादेशले जित्याे
नेपालखोज
२०७९ माघ २६ गते १९:५६

काठमाडौं । फाइनलमा नेपाललाई ३–० ले पराजित गर्दै बंगलादेशले साफ यू–२० महिला च्याम्पियनसिपको उपाधि जितेको छ । ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा बिहीबार भएको फाइनलमा नेपाल बंगलादेशसँग ३-० गोल अन्तरले पराजित भएको हो ।
फाइनलमा पराजित भएसँगै नेपाल उपविजेता बनेको छ । बंगलादेश भने अपराजित रहँदै च्याम्पियन बनेको छ ।बंगलादेशलाई जित दिलाउन शाहिदा अक्टर रिपा, शामसुनाहर जुनियर र उन्नोती खातुनले एक एक गोल गरे ।
खेलको ४२ औं मिनेटमा रिपाले गोल गर्दै बंगलादेशलाई सुरुआती अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा शामसुनाहरले गोल गर्दै बंगलादेशको अग्रता २-० को बनाए । त्यसपछि खेलको ८७औं मिनेटमा खातुनले गोल गर्दै बंगलादेशको जित पक्का गरे ।
सम्बन्धित
प्रतिक्रिया